लकडाउनमै रौतहटका व्यापारीहरु आन्दोलित
ब्यापारीले विभिन्न माग राख्दै देश ब्यापीरुपमा आवाज उठाउन थालेका छन।

२०७७ जेठ २५ आइतबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको नगर उद्योग बणिज्य संघ गरुडाको पदाधिकारी र ब्यापारी बर्गले आइतबार गरुडामा प्रदर्शन गरेका छन।
उद्योग बणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र प्रसाद जयसवालको नेतृत्वमा सयकडौ जनाले सरकार संग विभिन्न माग राख्दै प्रदसर्शनमा उत्रेका छन।
ब्यापारीको बैंक ब्याज, ब्यबसाय कर, बिजुली तथा खानेपनी महसूल माफ गर्नु पर्ने जस्ता मांग सहित गरुडा बज़ारमा प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी ब्यापारी धर्मनाथ जयसवालले बताए ।
कोरोना माहामारीलाई नियन्त्रणमा ल्याउन सरकारले लगाएको लकडाउनका कारन सम्पुर्ण ब्यापारि बर्गको व्यापार चौपट भएको र आर्थिक स्थिति दयनिय भएको बताउदै हामी व्यापारी बर्गको माग सम्बोधन हुनुपर्ने बताउदै आफुहरु शान्तीपुर्ण प्रदर्शसनमा उत्रेको अध्यक्ष हरेन्द्र जयसवालले बताए ।
रौतहट मात्र होइन देशमा लामो समयदेखि व्यापार चौपट भएपछि ब्यापारीले विभिन्न माग राख्दै देश ब्यापीरुपमा आवाज उठाउन थालेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…