प्रदेश २ः धनुषाको ८ सहित ८३ जनामा सँक्रमण पुष्टि, देशमा कूल सँख्या ३ हजार नजिक
प्रदेशमा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात निको

२०७७ जेठ २४ शनिबार, दिउँसो ४:०८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो २४ घण्टा भित्र प्रदेश नम्वर २ मा ८३ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
प्रदेश नं. २ को सप्तरी जिल्लामा ७ जना, धनुषा जिल्लामा ८ जना, महोत्तरी जिल्लामा ३५ जना, सर्लाही जिल्लामा २७ जना र रौतहट जिल्लाका ६ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षण मार्फत सप्तरी जिल्ला वलान बिहुल गाँउपालिकाका २७ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरु र सोही गाउँपालिका २० र २७ बर्षका २ जना महिलाहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
धनुषा जिल्लामा भने देबपुरा रुपैठा क्वारेण्टाइनका १९ देखि ५४ बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महोत्तरी जिल्लामा जलेश्वर क्वारेण्टाइनका १७ जना पुरुष, मटियानी क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा क्वारेण्टाइनका ६ जना पुरुष, गौशाला क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाईनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरु मध्ये गौशला क्वारेन्टाइनका २२ बर्षिय १ जना महिला संक्रमिति रहेका छन् भने अन्य क्वारेन्टाईनमा ११ देखी ४४ बर्ष उमेर समुहका ३४ जना पुरुषहरु संक्रमित भएका रहेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…