आराम गरिरहेका सर्वसाधारणहरु उपर प्रहरीको हेल्मेट, मुक्का र लाठीचार्ज, एक दर्जन घाईते !
डिलमा बसेको समयमा प्रहरी आई विना सोधी लाठी चार्ज गर्न लागेको आरोप स्थानीयहरुको छ ।

२०७७ जेठ २३ शुक्रबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सामा गाउँको पोखरीको डिलमा बसेर आराम गर्दै गरेको सर्वसाधारणहरु उपर प्रहरीले लाठीचार्ज गरेको छ ।
पर्सा जिल्लाको पाकाहा मैनपुर गाउँपालिका को वडा नम्बर २ मा रहेको सार्वजनिक पोखरीको डिलमा बसेर आराम गर्दै गरेको पकहा मैनपुर गाउँपालिका वडा २ र ३ को सर्वसाधारणहरु उपर एक्कासी लाठी चार्ज गर्दा १२ जना घाइते भएका छन्।
घाईते हुनेमा स्थानीय जगुल सहनी, रामबिनेश सहनी,विजय चौहान,मोहन साह ,विशाल पटेल , बगड मियाँ,विगु सहनी लगायतका एक दर्जन सर्वसाधारणहरु रहेका छन् ।
पोखरीमा माछा मारिरहेको सूचना पाई प्रहरी आएको थियो । माछा मार्नेहरू माछा मारी घर गइसकेको बेला प्रहरी आई क्रिकेट खेलेर आराम गर्न बसेको बेला लाठी बर्साएको बताइएको छ ।
डिलमा बसेको समयमा प्रहरी आई विना सोधी लाठी चार्ज गर्न लागेको आरोप स्थानीयहरुको छ ।
“हामी बारम्बार भनी रहयौं, हामी ले माछा मारेको छैन । हामी क्रिकेट खेली आराम गर्न बसेका छौ। तापनि प्रहरीले मानेन र कुटपिट गर्ने लाग्यो । लाठी, हेलमेट र मुक्काबाट कुटी हामी हरुलाई अङ्गभङ्ग गरको हो ।”– घाईते एकले दुःखेसो पोखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…