लकडाउनले पनि रोकनन विकास : युवा नेता झा
धेरै कार्यहरु स्थगित भएपनि जनचासो र जनहितको कार्यहरुलाई भने निरन्तरता दिएको बताए ।

२०७७ जेठ २२ बिहीबार, राति १०:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । जनता समाजवादी पार्टी नेपालका युवा नेता जीवेन्द्र झाले लकडाउनमा पनि जनचासोको योजनाहरुलाई मूर्तरुप दिनुपर्ने बताएका छन् ।
धनुषाको निर्वाचन क्षेत्र नं. ३ धनौजी गाउँपालिकाको विभिन्न स्थानमा जारी रहेको विकास निर्माण कार्यहरु समाजिक दुरी कायम गरी तिव्रता दिएको बताएका छन् ।
जनता समाजवादी पार्टी (तत्कालिन राजपा) का नेता राजेन्द्र महतोको सँदसीय विकास कोषबाट धनौजी गाउँपालिकाको वडा नं. २ मा समुदायिक भवन निर्माण गर्दै उनले कोरोनाको महामारीमा जनअपेक्षा अनुरुप कामलाई निरन्तरता दिएको बताए ।

लकडाउन र सरकारको निर्देशनका कारण सहित कोरोना महामारीलाई मध्यनजर गर्दै विकास निर्माणका धेरै कार्यहरु स्थगित भएपनि जनचासो र जनहितको कार्यहरुलाई भने निरन्तरता दिएको बताए ।
धनौजी गाउँपालिका वडा नं. २ मा समुदायिक भवन (बगहारा) निर्माण सहित वडा नं. ३ मा विभिन्न स्थानमा हाते कल (ह्याण्डपाईप) जडानको कार्यलाई निरन्तरता दिएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…