प्रदेश २ः लकडाउनमै सरकारले कर तिर्न भनेपछि बीच सकडमै अर्धनग्न प्रदर्शन !
यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ ।

२०७७ जेठ २२ बिहीबार, बिहान ६:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि वीरगँजका व्यावसायीहरु सडकमै अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
वीरगञ्जमा सत्तारुढ दल नेकपाकै नगर कमिटीले अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन गरेका छन् ।
पानी परेका बेला पनि भिज्दै उनीहरुले कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् ।
नेकपाका वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा घण्टाघर चोकमा भेला भएका युवाहरुले जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए ।
उनीहरुले जनता भोका छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।
अर्थमन्त्री डा।युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…