एक गाउँपालिकाले वीरगंज महानगरलाई दिए २५ लाख
आफ्नो गाउँपालिकाको जनताहरुको सुरक्षाको लागि जे पनी गर्न तयार छु ।”– अध्यक्ष चौधरीले भने ।

२०७७ जेठ २० मंगलबार, राति १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लाको एक गाउँपालिकाले वीरगँज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ दिएको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाले आज (मँगलबार) वीरगँज महानगरपालिकाको दैवी प्रकोप व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ दिएको हो । सो वापत २५ लाखको चेक हस्तान्तरण गरिएको छ ।
पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले कोविड१९ (कोरोना भाइरस) विरुद्ध वीरगंज महानगरपालिकाले चालेको पाईला सराहनीय रहेको भन्दै कोरोना विरुद्ध लडन हातोमालो गरेको बताइएको छ ।
हातेमालो गर्न २५ लाख बराबरको चेक वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
आफ्नो गाउँपालिकाको जनताहरुको सुरक्षाको लागि जे पनी गर्न तयार छु ।”– अध्यक्ष चौधरीले भने ।
पर्साको क्वारेन्टाइनमा र आईसोलेशनमा रहेकाहरुलाई स्वाब संकलन गरि कोरोना संक्रमित चेकजाँचको लागि वीरगँज महानगरपालिकाले पिसिआर मेशिन, रिएजेन्ट किट, भिटिएम कीट, प्रि आईसोलेशन र कोबिड अस्पताल संचालनको लागी बिरगंज महानगपालिकाको नगर सभा गृहमा पर्साका प्रमुख राजनीतिक दल, १४ वटा नगरपालिका ,गाउँपालिका प्रमुख र प्रदेश सभा सदस्यहरुको उपस्थितीमा भएको बैठकले पर्साका सवै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगाएत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको दैवी प्रकोप कोष स्थापना गर्ने निर्णय भएको थियो ।
सोही अनुरुप बिरगंज महानगरपालिकाले कोरोना भाईरस बिरुद्धको लडाईमा सहयोग को आह्वान गरेकोमा सहयोग स्वरुप अध्यक्ष चौधरीले गाउँपालिकाको तर्फबाट २५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
नेपालमा कोरोना सँक्रमितको सँख्या मँगलबारसम्म २ हजार ९९ पुगेको छ भने प्रदेश नं. २ मा मात्रै ८०० बढी सँक्रमितको तथ्याँक रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…