क्वारेन्टाइनमा रहेकालाई समयमै चेकअप नगर्नु पनि व्यापारै हो की ?
कोरोना संक्रमित भेटिएको पालिकामा पनि पालिका कोरोना फोकल पर्सन अन्योलमा परेका छ्न ।

२०७७ जेठ २० मंगलबार, बिहान ९:२४ बजे२ मिनेट पढाइ

बिश्वब्यापी रूपमा फैलिदै जादाँ कोभिड–१९ कोरोना भाईरसले नेपाल पनि त्यतिकै प्रभावमा परेको छ ।
संघिय सरकारले लागू गरिएको भारत बाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने पालिकाले आयोजना गर्ने भनेर त्यसमा सयौं संख्या अहिलेको अवस्थाम रहेको अवस्था छ ।
त्यसमा आएका व्यक्तिलाई स्वास्थ्य चेकजाँच पि सि आर गराउनु पर्ने अनि मात्र घर जान मिल्ने भने स्वास्थय मन्त्रालयले भनिसकेको अवस्था छ । भारतबाट दैनिक रुपमा हजारौंको सँख्यामा नेपाल छिर्ने हाम्रा नागरिकलाई बिना चेकअपकै क्वारेन्टाइनमा राखिन्छ ।
तर, १४ दिने अनिवार्य क्वारेन्टाइनमा राखेपनि समयमा उनीहरुको आरडिटी अथवा पिसिआर चेकअप नगरिदिँदा स्थानीय सरकार हैरान बनेको अवस्था देखिएको छ । क्वारेन्टाइन व्यवस्थापनको लागि सँख्यात्मक हिसाबले अत्यधिक भएपछि धौ धौ परेको अवस्था देखिएको छ ।
उनीहरुको दैनिक खाना, स्याहार सुसार अन्य व्यवस्थापनले स्थानीय तहहरु समेत धान्न सक्ने अवस्था देखिएको छैनन् । कम्तिमा प्रत्येक १४ दिन पुगेकालाई चेकअप गरी तुरुन्तै परीणाम दिएपछि उनीहरुलाई समयमै डिस्चार्ज गरिए क्वारेन्टाइनको अवस्था सुधार हुने पक्कापक्की छ ।
समयमा चेकअप नगर्नुले स्थानीय तहलाई घाटा भन्दा पनि क्वारेन्टाइन व्यवस्थापनको नाममा आउने रकमलाई हिनामिना गर्ने समेत गर्नु हो । जहिलेसम्म क्वारेन्टाइनमा मानिस खचाखच भरिन्छ तबसम्म त्यसको नाममा खाना, कपडा, साबुन, सेनिटाइजर र अन्य व्यवस्थापनको नाममा अकुत रकम कमाउने मौका पनि भेटाएको छ । यसलाई व्यापार भन्न सकिन्छ ।
अहिले भारतबाट आएका नेपाली नागरिकहरुलाई वर्षायाममा पनि खुल्ला आकाशमुनी राख्न बाध्य भएको छ स्थानीय तहहरु । यद्यपी, उनीहरुको के दोष दिनु, राज्यको दोहोरो चरित्र र कमिशनको खेलमा आम नागरिक पिसिएको देखिएको छ । यसलाई पिसिआरको चक्कमै पिसिएको भन्न सकिन्छ ।
तराई मधेशमा मात्र होइन देशको जहाँ पनि अहिले दैनिकको प्रत्येक पालिकाले व्यवस्थापन गरिएको क्वारेन्टाइनमा रासनमा मात्र लाखौ खर्च हुने ने अवस्था छ ।
यदि पि सि आर चेक भैइसकेपछी १४ दिन पछि घर जान पाउछन् , तर चेकअपमा ढिलाई गरेको कारण दैनिकको खर्च बढदै गएको अवस्था छ ।
कोरोना संक्रमित भेटिएको पालिकामा पनि पालिका कोरोना फोकल पर्सन अन्योलमा परेका छ्न ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको श्यामजि राय लेख्नु हुन्छ –“कोरोनाको पि सि आर टेस्ट कहिले हुन्छन् ? वास्तवमा पालिका प्रतिनिधिहरु यस्तो अन्योलमा पर्छन् त कसले गर्ने भनेर कसरी चेकअप हुन्छ भन्ने प्रशन उठछ ।”
सिमा नाकामा स्वास्थ्य चेकअप गराउन कारण नेपालो नागरिकलाई चिन्ताको बिषय बनेको छ । क्वारेन्टाइनमा व्यवस्थापन गर्न पालिकाहरु काम गर्दा गर्दा भयावह अवस्था आएको देखिन्छ ।
खाना ,खाजामा मात्र रास्ट्रको ढुकुटी सकिदै गएको छ । चेकअप भन्दा बढी खर्च खाना खाजामा खर्च हुदैछ । यदि समयमा पिसिआर चेक अप गराई दिदा व्यवस्थापनमा सहज हुनेछ ।
वर्तमान परिवेशमा राष्ट्रपति कार्यालयको गलैचाँ फेर्न लाखौं रकम खर्च गर्ने यही सरकार जाँचको गतिलाई तीव्र र दायरा फराकिलो बनाउन नसक्नु दुर्भाग्यपूर्ण छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…