कोरोना अस्त्र – अबको शैक्षिकसत्र
शिक्षाको उद्देश्य नै स्वस्थ्य, प्रकृति संरक्षण तथा स्वदेशी दक्ष जनशक्ति तैयार गर्नु हुनुपर्छ ।

२०७७ जेठ १९ सोमबार, बेलुकी ५:५१ बजे५ मिनेट पढाइ
विश्वमा ज्ञान, विज्ञान तथा प्रविधिको विकास यति द्रुतगतिमा हुँदैछ कि हामीले जानकारी पाएको, पढेको र अनुभव गरेको कुराहरू केही वर्षभित्र नै पुरानो लाग्न थाल्छ । विज्ञान तथा प्रविधि प्रतिको प्रेम, लगाव र आवश्यकताले हरेक दिन नयाँ नयाँ खोज अनुसन्धान हुँदै गइरहेको छ ।
जसले गर्दा मानव जीवनको धेरै पहलूलाई बुझ्न सहज भएको छ । एउटा बन्द कोठाभित्र बसेर संसार हेर्ने अवसर पाउनु सामान्य कुरा होइन । मानवको यो कार्य ज्ञान र खÞोजप्रतिको असीम प्रेमले सम्भव भएको हो । मानवले सुखी र खुसी हुन अनेकौं उपायहरू दिन प्रतिदिन खोज्दै गएको देखिन्छ । भौतिक सुख सुविधाको लागि भाग दौडमा हर व्यक्ति सामेल छन् । आज शिक्षाको उद्देश्य नै ‘भौतिक विकास’ केन्द्रित छ । साथै, यो भौतिकताको दौडमा मानव आफ्नै खÞोज अनुसन्धानको गोलचक्करमा अल्झिदै गएको पनि देख्न सकिन्छ ।
खोज तथा अनुसन्धान प्रकृतिप्रति शासन गर्न उन्मुख भएको छ । यो नै खÞोजको कुरूपता हो । मानविय क्रियाकलाप प्रकृति विरोधी हुँदै गएको देख्न सकिन्छ । अर्को ग्रहमा जीवन खोज्न जति लगानी हुँदैछ, यो भन्दा बढि आवश्यक पृथ्वीको जीवनलाई बचाउनुमा लगानी गरिनु आवश्यकता छ । आज खÞोज र अनुसन्धान नै मानव जीवन र प्रकृतिलाई खतरामा पारेको छ । र, यसको प्रमुख कारण हो ‘शिक्षाको उद्देश्य र शैक्षिक विषयवस्तु ।’ आजको दिनमा विज्ञान र प्रविधि विना मानव जीवन कल्पना गर्न सकिन्न जस्तो लाग्छ ।
अर्कोतर्फ ‘कोरोना वर्ल्ड’ले विज्ञानलाई नै चुनौती दिएको छ । एउटा भाइरसले विश्वलाई नै बन्दी बनाएको छ । खÞोज तथा अनुसन्धानलाई फिक्का बनाएको छ । प्रकृति विरोधी खÞोजले मानव जीवन नै खÞतरामा छ । लाखौं लाख मानवले ज्यान गुमाएका छन् । आशा गरौं, यो मानव क्रियाकलापबाट सिर्जित महामारीलाई छिटो पार पाउन सकियोस् । आज विश्वका हरेक मानव बाँच्नका लागि तड्पेको देखिन्छ । बाँच्न प्रार्थना गर्दैछन् । जसरी पनि मानवलाई बचाउन र बाँच्न विश्वको शक्तिशाली कहलिएका देश दम घिच्दै छन् ।
तसर्थ, अब हामीले आफ्नो शैक्षिक उद्देश्य, शैक्षिक विषयवस्तु र खÞोज अनुसन्धान प्रकृति संरक्षण तथा मानव जीवनलाई उच्च प्राथमिकतामा राख्दै पाठ्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने देखिन्छ । विश्वको दौडभन्दा आफ्नो माटो सुहाउँदो विषयवस्तु प्राथमिकता दिइनुपर्छ । स्वास्थ्य, सन्तुलित आहार, प्राकृतिक जीवनशैली, प्रकृति संरक्षण तथा मानव कल्याण केन्द्रित शैक्षिक पाठ्यक्रम हुनुपर्छ । अहिले पन्ध्रौं योजनामा शिक्षाको लक्ष्य ‘गुणस्तरीय शिक्षा मार्फत् सिर्जनशील, दक्ष, प्रतिस्पर्धी, उत्पादनशील, नवप्रवर्तनशील, मानव स्रोतको विकास गर्ने’ भनि राखिएको छ ।
तर, यस लक्ष्यमा गुणस्तरीय शिक्षा मार्फत् सिर्जनशील, दक्ष, प्रतिस्पर्धी, उत्पादनशील, नवप्रवर्तनशील, प्रकृति संरक्षक, स्वरोजगार, स्वस्थ्य तथा मानव कल्याण उन्मुख मानव स्रोतको विकास गर्ने’ आदी कुरा जोड्नुपर्छ ।
सन्तुलित र स्वस्थ जीवन कसरी बाँच्ने आजको प्रमुख चुनौती छ । तसर्थ, शैक्षिक उद्देश्य, विषयवस्तु तथा क्रियाकलाप पनि स्वस्थ्य र सन्तुलित जीवन केन्द्रित हुनुपर्छ । प्रकृतिलाई ध्वस्त गर्दै शासन गर्ने भन्दा प्राकृतिक जीवनशैलीमा रमाउने वातावरण सिर्जना हुनुपर्छ । कोरोना अन्त्य होस् या रहोस्, हरेक जिम्मेवार निकायले शैक्षिक उद्देश्य, विषयवस्तु र क्रियाकलापमा निम्न बमोजिम सुधार गर्नुपर्ने देखिन्छ ः

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…