भारतबाट आउँदै गर्दा ड्ग्स सहित एक युवक पक्राउ
आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लगिएको जनाइएको छ ।

२०७७ जेठ १९ सोमबार, दिउँसो ४:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीले ड्ग्स (लागू औषध) सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रदेश नं. २ को सर्लाही जिल्लाको मलँगवा नगरपालिका वडा नं. १ भेडहिया स्थितबाट स्थानीय जीतेन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार सर्लाहीको प्रहरी चौकी गोरखकाली सर्लाहीबाट उनलाई पक्राउ गरिएको हो ।
१८ बर्षिय रामलाई भारतबाट नेपाल तर्फ आउदै गर्दा प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट ५० वटा लागु औषध (ड्रग्स) WALLREX 100 ML बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लगिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…