महोत्तरीः साँस फेर्न गाह्रो भएपछि गर्भवतीको मृत्यु
मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

२०७७ जेठ १९ सोमबार, दिउँसो ३:५१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्न समस्याबाट आज एक गर्भवती महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रिता देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…