लकडाउनको विरोधमा तरुण दलले जनकपुर तताए !
लकडाउनको बहानामा नागरिकको हत्या गर्न खोजेको जिकीर उनीहरुले गरेका थिए ।

२०७७ जेठ १८ आइतबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउन जारी रहेको बेला जनकपुरका युवाहरु सडक तताएका छन् ।
आज (आईतबार) साँझ नेपाल तरुण दल धनुषाका पदाधिकारीहरु सहित नेपाली काँग्रेस समर्थित युवाहरुले जनकपुर तताएका हुन ।
उनीहरुले वर्तमान सरकार कोरोना भाइरससँग लडन नसकेको तथा व्यवस्थापन तर्फ फेल भएको भन्दै सरकारको विरोध गरेका हुन् । उनीहरु मशाल बालेर विरोध जनाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ को जनकचोकमा तरुण दलका पदाधिकारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरु जनकचोक हुँदै भानुचोकमा गएर कोण सभामा परिणत गरेको थियो ।
भानुचोक पुग्नु अघि भानुचोक र शिवचोकको बीच प्रहरीले उनीहरु उपर हस्तक्षेप गरेको थियो । प्रहरीले समान्य लाठी चार्ज समेत गरेको थियो ।
तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहको अगुवाईमा निकालिएको मशाल जुलुसको क्रममा कोरोनाको नाममा मान्छे मार्न पाउँदैन, वर्तमान सरकार मूर्दावाद जस्ता नाराहरु घन्काएका थिए ।
लकडाउनमा प्रदर्शन गरेको तथा समाजिक दुरी कायम नगरेको भन्दै प्रहरीले समान्य लाठीचार्ज समेत गरेको थियो । सो क्रममा तरुण दल धनुषाका उपाध्यक्ष साह सहित नेपाल विद्यार्थी सँघ महोत्तरीका अध्यक्ष आसुतोष झा, रमेश कुमार यादव, विजय यादव लगायतका युवालाई समान्य चोट लागेको बताइएको छ ।
उनीहरुले तीनै तहका सरकार मिलेर पनि क्वारेन्टाइन, आईसोलेशन, पिसिआर चेकअप समेत व्यवस्थापन गर्न नसकेको भन्दै विरोध जनाएका छन् । लकडाउनको बहानामा नागरिकको हत्या गर्न खोजेको जिकीर उनीहरुले गरेका थिए ।
उनीहरुले लकडाउनको समेत विरोध जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…