धनुषा र वीरगँजमा फेरी थपिए कोरोना सँक्रमित, आईशोलेसनमा भर्ना !
प्रदेश नं. २ कै वीरगँजमा थप ४ जनामा कोरोना सँक्रमण पुष्टि

२०७७ जेठ १६ शुक्रबार, बिहान ९:४० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विहिबार मात्र धनुषाको २८ जनामा कोरोना पुष्टि भएको केही घण्टामै थप १ जनामा कोरोना सँक्रमण पुष्टि भएको बताइएको छ ।
धनुषाको धनौजी गाउँपालिकाको एक जनामा सँक्रमण पुष्टि भएको हो । उनीहरुको रिपोर्ट विहिबार साँझ आएको जनाइएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा सँयोजक गौरी शंकर मण्डलले सो कुराको जानकारी दिएका हुन् । विहिबार साँझ जिल्ला प्रहरी कार्यालय र स्वास्थ्य कार्यालय मार्फत जानकारी आएको बताए ।
मण्डलका अनुसार, गाउँपालिकाको एक जनामा सँक्रमण पुष्टि भएको छ भने जिल्ला प्रशासन कार्यालय धनुषाले पनि यसको पुष्टि गरेको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलका अनुसार, एक जनामा भनिएको सँक्रमितलाई विहिबार साँझ नै आईशासेलनसनमा भर्ना गरिएको बताए ।
सँक्रमित धनौजी गाउँपालिका वडा नं. २ को ३६ बर्षिय रहेको जनाइएको छ । अर्का वडा नं. ४ का एक जनामा आरडीटि पोजिटिभ देखिएको स्वास्थ्य सँयोजक मण्डलले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…