क्वारेन्टाइनभित्र भाईचाराको सम्बन्ध बनाएर राख्नुः मेयर यादव
अर्का थपिएको क्वारेन्टाइनमा समेत ७ जनालाई राखिएको छ ।

२०७७ जेठ १५ बिहीबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले अर्को क्वारेन्टाइन स्थल थपेको छ ।
भारतबाट आउने नगरवासीको सँख्या बढेपछि नगरपालिकाले थप क्वारेन्टाइन थपेको हो । यसअघिको क्वारेन्टाइन व्यवस्थित रुपले सँचालनमा ल्याएपछि अर्को पुनः थप गरिएको हो ।
तारापट्टि स्थित रहेको श्री जगरुप साह राम पुकार साह माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइनमा अहिलेसम्म ६१ जनालाई राखिएको छ । यसअघि १५ बेडको क्वारेन्टाइनलाई स्तरोन्नती गरिएको हो ।
अर्का थपिएको क्वारेन्टाइनमा समेत ७ जनालाई राखिएको छ । पुरुषहरुलाई नयाँ पैन्ट, जाँघीया, गन्जी, चप्पल, साबुन, सेनिटाइजर, मास्क सहित पिउने पानी, पानी तताउने मेसिन र भाँडोहरु समेत उपलब्ध गराएको नगरपालिकाका मेयर अनिल कुमार यादवले जानकारी दिए ।
उनीहरुको खानाको व्यवस्था सहित सन्तुलित भोजनको व्यवस्थ समेत गरिएको मेयर यादवले बताए । सो क्रममा मेयर यादवले क्वारेन्टाइनमा बस्नेहरुलाई भाइचाराको सम्बन्ध बनाएर बस्न आग्रह समेत गरेका छन् ।
उनीहरुलाई दुरी बनाएर मात्र बस्न भन्दै भोलीदेखि उनीहरुलाई व्यायामको रुपमा योग समेत गराउने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…