जनता भोकै र उपचार नपाएरै मर्दैछन्, सरकारलाई कुकर्मबाटै फुर्सद छैन : अरगरिया
उपचार नपाएर र भोककै कारण ज्यान गुमाएका धनुषाका विरेन्द्र यादवप्रति श्रद्धाञ्जलीसमेत अर्पन गरे ।

२०७७ जेठ १४ बुधबार, राति १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले भोक र उपचार नपाएर जनता मर्नु देशको लागि लज्जादस्पद विषय भएको बताएका छन् ।
सरकारले भोकले अब कोहि पनि मर्न नपर्ने भनेर पटकपटक भन्दै आएपनि देशका नागरिक भोकै मर्नु परेको भन्दै उनले दुःख व्यक्त गरेका हुन् । उनले आज (बुधबार) उपचार नपाएर र भोककै कारण ज्यान गुमाएका धनुषाका विरेन्द्र यादवप्रति श्रद्धाञ्जलीसमेत अर्पन गरे ।
रेडियो धनुषको बहस विषेश कार्यक्रम ‘मधेश मन्थन’मा कार्यक्रम प्रस्तोता मुकेश ठाकुरसँग कुराकानीका क्रममा उनले जनताले उपचार नपाएर र भोककै कारणले ज्यान गुमाउनु सरकारको लागि हस्यास्पद र लज्जाको विषय भएको बताए ।
सरकार गफ र भाषणमा मात्रै सीमित भएको आरोप उनको छ । देशमा कोरोनाले भयावह रुप लिँदै गएपनि सरकार कुकर्ममै लागेको उनले टिप्पनी गरे ।
कुराकानीको क्रममा उनले सरकारले नयाँ नक्साका लागि गर्न लागेको संविधान संशोधनमा मधेशको माग पनि सँगै समेट्नुपर्ने माग गरेका छन् । अर्को प्रसंगमा उनले मधेशीको अपमान र बेइज्जती गरेकाहरुविरुद्धको उजुरी प्रहरीले नलिएकोप्रति अपत्तिसमेत जनाए ।
उनले सरकारको मौनता र सरकारी निकायकै बदमासीका कारण मधेशीले अपमानित जिन्दगी जिउनु परिरहेको भन्दै यसका लागि आफूले संसदमा आवाज उठाउनेसमेत बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…