प्रदेश २ः गाडीको ठक्करले एक युवकको मृत्यू
उनको उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०७७ जेठ १३ मंगलबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सवारीको ठक्करपछि गम्भिर घाईते भएका एक युवकको उपचारको क्रममा मृत्यू भएको छ ।
गत जेठ ११ गते शनिबारका दिन राती करिब १०ः१० बजेको समयमा जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नं. १ स्थित पूर्व पश्चिम लोक मार्गमा गम्भिर अवस्थामा प्रहरीले भेटाएको थियो ।
नाम ,थर, वतन नखुलेको अन्दाजी वर्ष २० को देखिने उक्त युवकलाई रातको समयमा गाडीले ठक्कर दिई घाईते अवस्थामा फेला पारी तत्कालै प्रहरीले उद्दार गरी गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज सप्तरीमा भर्ना गरेको थियो ।
उनको उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उपचार गराउदा गराउदै मृत्यु भएको पुरुष मानिसको लाश पोष्ट मार्टमको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले मृतक पुरुषको हाल सम्म सनाखत पहिचान हुन नसकेको तथा चिन्नेले उनको अभिभावकलाई जानकारी गरादिन कार्यालयको फेसबुक पेजमा हुलिया सार्वजनिक गरिएको छ ।
निम्न हुलिया
कालो जिन्स पाईन्ट , सेतो फुल बाहुला भएको सट लगाएको , उचाई ५ फिट ३ ईन्च भएको , शरिर पातलो कालो वर्ण हेर्दा तराई बासी जस्तो देखिने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…