प्रदेश २ः डाक्टरहरुबीच हानाहान
प्रहरीले यसबारे कुनै प्रकारको जानकारी नआएको बताएको हो ।

२०७७ जेठ १२ सोमबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को पर्सा जिल्ला वीरगँज स्थित केही चिकित्सक (डाक्टर) हरुबीच हात हालाहाल भएको छ ।
ह्वाट्सएप ग्रुपमा भएको कुराकानीलाई लिएर वीरगंजका चिकित्सकबीच हानाहान भएको जनाइएको छ ।
कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई वीरगंजकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावि लेखेको भन्दै विवाद भएपछि चिकित्सकहरुबीचमा नै हात हालाहाल भएको वीरगँजबाट प्रकाशित हुने यात्राडेलीको अनलाइन सँस्करणमा समाचार छ ।
एनएमए नारायणी जोनल ब्रान्च नाम भएको ह्वाट्सएप ग्रुपमा भएको कुराकानीका विषयमा छलफल गर्न आदर्शनगरमा रहेको नगरसभागृहमा दुबै समूहका चिकित्सकहरु भेला भएको र त्यही हातपात भएको बुझिएको छ ।
नारायणी अस्पतालमा कार्यरत डा।उदयनारायण सिंह, डा।दीपक चौरसिया र डा. साहबुद्दिन र डा. मधुरन्जन सिंह पक्षबीच हात हालाहात भएको हो ।
ग्रुपमा भएको कुराकानीका विषयमा छलफलका लागि मधुरन्जनलाई बोलाएको भए पनि उनले कुटपिट गर्ने मनसायले नै ३–४ जना अरु व्यक्ति पनि संगै लिएर आएको र कुरै नगरी हातपात गरेको नारायणीका चिकित्सकहरु बताउँछन् ।
डा. मधुरन्जन नेशनल मेडिकल कलेजमा कार्यरत छन् । कुटपिटबाट डा।दीपक चौरसियालाई चोट लागेको छ भने अन्य सामान्य रहेको बुझिएको छ ।
यता, यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले केही जानकारी नभएको प्रतिक्रिया दिएको छ । प्रहरीले यसबारे कुनै प्रकारको जानकारी नआएको बताएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…