आउँदो फागुनमा पार्टी एकता हुँदै
माघ, १३ : नेकपा माओवादी केन्द्र का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । 'सकेसम्म माघमा सरकार गठन गर्छौँ । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।” उनले भने । सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी

२०७४ माघ १३ शनिबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

माघ, १३ : नेकपा माओवादी केन्द्र का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् ।
'सकेसम्म माघमा सरकार गठन गर्छौँ । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।” उनले भने ।
सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ ।
वैचारिक, राजनीतिक लाइन के हुने, संगठनात्मक नीति कस्तो बनाउने भन्नेबारे अहिले छलफल भइरहेको श्रेष्ठले बताउनुभयो ।
पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै उनले “ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन ।” थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…