मानव समाज र single use plastic को प्रयोग
पोलिथिन, सिडी, कुर्सि, गाडीका सामाग्रीहरु , बोतल , कम्प्युटर चिप्स , डिस्क आदि ।
२०७७ जेठ ११ आइतबार, राति १०:४१ बजे५ मिनेट पढाइ

हाम्रो पर्यावरण संरक्षण समुहमा एक सदस्य मित्र हुनुहुन्छ कृष्ण चन्द्र साह जी, हामीहरु पर्यावरण संरक्षण सम्बन्धि प्रेरणामुलक अतिरिक्त कक्षा लिनुपरे स्कूलहरुमा प्राय संगै जाने गर्दछौ ।
करिब दुई बर्ष पहिले वहाले एक अठोट गर्नु भयो कि म अबदेखि single use plastic अन्त्यको अभियान थाल्छु र तपाईहरुको पनि सहयोग चाहन्छु र मलाई बिश्वास छ कि तपाईहरुले सहयोग गर्नु हुनेछ । मैले व्यक्तिगत रुपमा त्यसबेला सहयोग गर्ने आश्वासन दिएपनि मनमनै सोचे कि कस्तो मान्छे होला यो, single use plastic अन्त्य हाम्रो जस्तो चेतनाहिन समाजमा सम्भव छ र ?
तर पनि कृष्ण चन्द्र जी ले यो अभियान शुभारम्भ गर्नुभयो जसमा क्रमशः अर्थविद डा. भोगेन्द्र झा, माननीय रामअशिष यादव , पुर्व ए.आइ.जी विजय लाल कायस्थ , UNDP का अर्जुन कुशवाहा ,बन अधिकृत सुरेश शर्मा , औषधि व्यवसायी रवि गोएन्का , व्यवसायी अशोक जालान , हरिकांत मिश्र ( मिथिला डि.स्टोर्स ), पुस्तक व्यवसायी बजरंग यादव, मनोज दास, किशन भाइ एवं शंकर भाइ लगायत अन्य केहि साथीहरुले समयानुसार विभिन्न तवरको सहयोग बाट यो अभियान को थालनी गरियो ।
जनकपुर धाम उपमहानगरपालिका वडा न. १ का वडा अध्यक्ष शत्रुधन साह को सहयोगमा रेल्वे स्टेशन तरकारी बजारबाट यो अभियान शुभारम्भ गरियो किनकि उक्त तरकारी बजार नेपालको सबैभन्दा ठुलो उपमहानगरपालिका जनकपुर धाम कै दैनिकी तरकारी बजार मध्ये ठुलो र बढी ग्राहकवर्गको भिड हुने तरकारी बजार हो जहाँ दैनिकी क्विन्टल प्लास्टिक को झोला खपत हुने गर्दछ ।
सबैजनाको सहयोगमा अभियान क्रमश : अगाडी बढ्दै गयो र सफल हुदै पनि गयो त्यसै क्रममा विभिन्न साथीहरुको सहयोगमा वितरणको निम्ति कपडाको झोला पनि सहयोग हुदै गयो जुन झोला प्रति गोटा छपाई सहित रू ३५ सम्म पर्न जान्थ्यो । साथ् साथै हाम्रो हरेक कार्यक्रममा अतिथिहरुको निम्ति हामीले कोशेली स्वरुप कपडाको झोला नै दिने प्रथा को सृजना गर्यौ र यी दुइ बर्षमा करिब १५००० को हाराहारी कपडाको झोला हामीले वितरण गर्यौ ।
प्रथमतः तरकारी बजारहरु बाट प्लास्टिक झोला उन्मुलन गर्ने अभियान स्वरुप रेल्वे स्टेशन र जानकी चौक तरकारी बजार एवं वडा न. १ घरदैलो कार्यक्रम गरि कपडाको झोला वितरण कार्यक्रमहरु पनि गर्यौ । हामीले सामुहिक रुपमै गएर single use plastic उन्मुलनका निम्ति प्रदेश न. २ का मुख्यमन्त्रि लाइ ज्ञापन पत्र पनि बुझायौ र वहाले सहयोग गर्ने आश्वासन पनि दिनु भयो ।
हामि सरिक हुने कार्यक्रम र भोजहरुमा प्लास्टिक ग्लास प्रयोग नगर्न आग्रह गर्ने परिपाटी को पनि सृजना गर्यौ । अब आएर मलाई पनि लाग्छ कि हाम्रो मित्रले अठोट गरेको single use plastic उन्मुलन अभियान गार्हो छ तर असम्भव छैन किनकि बिस्तारै समाजमा चेतना बढ्दै छ यसको हानिको बारेमा । सन् १८६२ मा इंग्लैंड का अलेक्जेंडर पार्क्स नामका व्यक्तिले चेस को गोटी र पछि अमेरिकामा बिल्ल्यार्ड्स का बल बनाएर प्लास्टिक को प्रयोग सुरु गरेका थिए ।
तत्पश्चात सन् १८६९ मा डटपेन , सन् १८८१-१८८८ सम्ममा क्यामेरा त्यसका रिल र क्रमस: सन् १९०७-१९३७ सम्ममा चश्मा ,टेलिफोन र बिजुली का सामानहरु लगायत अन्य सामाग्रीहरु निर्माण भए प्लास्टिक बाट ,क्रमस: नाइलन र खेलकुदका सामग्रिहरुपनि तथा भाडाकुडा ,हवाईजहाज र गाडीका सामाग्रीहरु उत्पादन हुन थाले । सन् १९४०-१९८० सम्ममा प्लास्टिक का विभिन्न सामग्रीहरुको उत्पादन वृद्धि हुन थाले जस्तै पोलिथिन, सिडी, कुर्सि, गाडीका सामाग्रीहरु , बोतल , कम्प्युटर चिप्स , डिस्क आदि ।
वार्षिक ५ अरब single use plastic झोला उत्पादन हुदै आएको छ । बार्षिक ८ मिलियन म्याट्रिक टन रद्दी प्लास्टिक समुद्रमा फ्याकिन्छन र बार्षिक ३०० मिलियन टन प्लास्टिक उत्पादन हुने गर्दछन । समुद्रका कयौं जिवहरुको प्लास्टिक कै कारण मृत्यु हुने गर्दछ । यस्तै गतिबिधि रहे सन् २०५० सम्ममा माछाहरु भन्दा बढी प्लास्टिक को मात्रा समुद्रमा बढी पाइनेछ ।
विश्वभरिको परिवेस हेर्ने हो भने ९% मात्रै प्लास्टिक recycled हुने गर्दछ , जबकि १२% प्लास्टिक जलाइन्छ र ७९% प्लास्टिक फ्याकिन्छ जसले जमिनको उत्पादकत्व क्षमता ह्रास गरिदिनेगर्दछ । प्लास्टिक लाइ माटोमा मिल्न सयौं बर्ष लाग्छ ।
single use plastic को बिकल्पमा Bio degredable soluble Bags प्रयोग गर्न पनि मिल्छ जुन बजारमा हामी देख्छौ । भारतमा मात्रै बार्षिक ७ मिलियन टन प्लास्टिक को फोहोर फ्याकिन्छ । अफ्रिकाको ९ वटा देश लगायत विश्वको ३ दर्जन देशहरु ले अहिलेसम्म single use plastic प्रयोग निषेध गरिसकेको अबस्था छ ।
सबै भन्दा पहिले सन् २००२ मा हाम्रो छिमेकि देश बंगलादेश ले single use plastic निषेध को थालनि गरेको थियो, अहिले आएर भारत को पनि केहि राज्यहरुमा क्रमसः single use plastic निषेध घोषणा भएको छ ।
single use plastic ले वातावरण दुषित बनाउनुका साथै उर्वर भूमिलाई बन्जर बनाउने गर्दछ र सहर बजारका नालाहरुमा जाम भइ लामखुट्टे उत्त्पादन गर्ने कार्य गर्दछ ।
यसलाई जलाए यसको धुवा त झन् खतरनाक हुन्छ वातावरण को निम्ति जसले ओजोने तहमा प्वाल पार्ने र कार्बनडाइअक्साइड बढाउने कार्य गर्दछ जसले मानवजाति लगायत सम्पूर्ण प्राणीमा क्यान्सर , टिवी , छाला र स्वासप्रस्वास को समस्या सृजना गर्दछ ।
अहिले पनि संसारमा एक मिनेटमा २० लाख single use plastic को झोला प्रयोग हुदै आएको अनुमान गरिएको छ, संसार मा यति प्लास्टिक भैसकेको छ कि यसले पृथ्वी लाइ पनि ढाक्न सक्छ । single use plastic लाइ नष्ट गर्ने अहिलेसम्म कुनै औषधि बनेको छैन त्यसैले यसको प्रयोग नगर्नु नै यसलाइ समाप्त पार्ने उपाय हो ।
त्यसैले हामिहरुपनी आजैबाट आ -आफ्नो ठाउबाट अठोट गरौ यसको प्रयोग निषेध गर्ने र single use plastic लाइ टाटा बाइबाइ गरौ र बिभिन्न किसिमका महामारीबाट बचौ र बचाऔं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अमित झा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…