मधेशी 'चुतिया, भेले, चोर, डाकु, धोती र ईण्डियन' भनेपछि...
एउटै देशमा दोस्रो दर्जाको नागरिक सरह मधेशीलाई व्यवहार गर्दै आएको देखिएको छ ।

२०७७ जेठ ११ आइतबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केही अघि काठमान्डौंबाट प्रसारित हुने कृषि नामक टिभीमा मधेशी समुदायलाई अपशब्द र बेइज्जती गरेको एक सातापछि पुनः समाजिक सँजाल मार्फत 'मधेशी' शब्दलाई जोडेर अपमान गरेको छ ।
टिकटक एपमा एक जना महिलाले मधेशी मूलका नेपाली (मधेशी समुदाय) मधेशी, चोर, भेले, डाकु, धोती भन्दै भारत बोलाउनको लागि भनेको देखिएको छ । यद्यपी भारतीयलाई भनेको भनेर देखिएको छ । मधेशी शब्दपछि समाजिक सँजाल तातिएको थियो ।
टिकटकमा सुस्मिता सापकोटा (susmitasapkota36) -TIktok ID ] टिकटक आईडी मार्फत ती महिलाले ती शब्दहरु प्रयोग गरेकी हुन् । जसमा मधेशी शब्द समेत सुरुमै प्रयोग गरेकी हुन् ।
उनले भनेकी छन, "चुतिया, मधेशी, धोती, भेले, डाकु हमारे गाउँमे आके बहोत परेशान गर्छ । क्यो नही बोला लेते अपने देश ईण्डियामे, भेरी बकरी की तरह, ओ आई सि, उधर खाने पिनेको नही मिलता है ना फिर भेज देते हो नेपालमे , जाउ भाइ चोरी डकैती करके खाउ, जिले अपनी जिन्दगी । फिर बोलता है कालापानी हमारा है, तेरी माँ की भोसरी” भनेर भनेकी हुन् ।
यद्यपी, ती महिलाको ईसारा भारतीयमा भएपनि उनले सुरुमा चुतिया, “मधेशी” पनि भनेकी हुन् । मधेशी नेपालको दक्षिणी भू–भागमा बास गर्ने मधेशी समुदाय हुन् ।
भारतीयलाई लक्षित गरेपनि मधेशी शब्द प्रयोग गरेपछि मधेशी समुदायका व्यक्तिहरु आक्रोसित भएका छन भने दुःख समेत लागेको बताएका छन् ।
पटक पटक कुनै न कुनै माध्यमबाट मधेशी समुदायलाई केही व्यक्तिहरुले समाजिक सँजालहरु मार्फत अपमान, अपशब्द, गाली गलौच गर्दै आएको देखिएको छ ।
एउटै देशमा केही जनाले मात्र दोस्रो दर्जाको नागरिक सरह मधेशीलाई व्यवहार गर्दै आएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…