बिजेपीको राष्ट्रियता जस्तो नेपाली राष्ट्रियता नबनाऔं
देशको मान, सम्मान, सुरक्षाको लागि सरकार र विभिन्न निकायहरु छन् । निकायहरु माथि विश्वास गरौं ।

२०७७ जेठ १० शनिबार, दिउँसो १२:१० बजे६ मिनेट पढाइ
कान्छा बहादुर एवं भैया धोती सम्मान गर्ने शब्द हो । अपहेलित गर्नको लागि होइन । व्यक्ति विशेषको राष्ट्रियता नाप्नलाइ उनको चार पुस्तालाई पनि पढ्नु पर्छ ।
आज भोलि दुईचार अक्षर पढेर अनलाइन र समाजिक सञ्जाल पेजले अनावश्यक कुरा बंग्याएर कसैको केहि लथार्न सकिँदैन । आरोप प्रत्यारोपले हामी नेपाली मात्र कमजोर हुने हो । अवसरवादीहरु अवसरमा मौकामा चौका हान्ने हो । भारतीय केहि मिडियाको समाचारलाई आधार बनाएर असंसदीय, अविवेकपूर्ण र तुक्ष भाषा र शब्दको प्रयोग सम्पूर्ण भारतबासी प्रति गरेर हामी आफ्नो नेपाली गरिमालाई कमजोर गर्दैछौं । नेपालीको शालीनता, सभ्य र मिठो बोलीलाई दुनिया प्रशंसा र अनुकरण गर्दैछ ।
भारत सरकारको विरोध गर्ने र सत्य बोल्ने राष्ट्रबादी होइन । भारतको भारतीय जनता पार्टी जस्तो राष्ट्रियताको परिभाषा नेपालमा पनि ल्याउन प्रयास हाम्रो केहि राष्ट्रबादी ज्युहरुद्वारा हुँदैछ । हाम्रो देशमा त्यस्तो राष्ट्रीयताको आवश्यकता कहिले थिएन र हुनै पनि छैन । वर्तमान समयमा नक्सा सम्बन्धी नेपालको पक्ष लिने भारतीय बिद्वान र राजनेतालाई हामी सम्मान गर्दैछौं । सीमा बिज्ञ र राजनेता भएकोले सत्य र मानवताको लागि बोल्ने बाध्यता सदैव उनीहरुसंग छ ।
उनीहरु जस्तो बेचारा भारतीय राजनेता र बिज्ञलाई ८ वर्ष पहिलादेखि हिन्दूबादीहरु देशद्रोही भन्छन् । भारतको सरकार देश द्रोही भनेर जेल र यातना एवं केहि भारतीय मीडिया पनि देशद्रोही भनेर दुष्प्रचार गर्दै आएको हो । बिगत ८ बर्ष को भारतीय केहि मेडियाको इतिहास हेर्नु नि । हिजोको भारतीय न्यूजÞको कुरा मात्र हेरेर अलमलमा नपर्नु । आपसमा विवादित बयान बाजी नगर्नु । केहि भारतीय मीडिया बीजेपीमा पनि मोदी पैनल र मोदी सरकारको लागि नै जन्मेको हो जस्तो रिपोर्टिंग गर्छ त्यो सुनेर र पढेर हामी अनुभव गरेको छु । तपाईहरु पनि गर्नुहुन्छ ।
विगतको कुरा नगर्नु वर्तमानमा भारतको कोरोना कालको अध्धयन गर्नु । भारतको पहिलो कोरोना संक्रमित राज्य केरल हो । केरल सरकारको चुस्त दुरुस्त व्यवस्था ले ९५ प्रतिशत कोरोना संक्रमणलाई नियन्त्रित गरेको हो केरलबासी । तर, मिडियामा उत्तर प्रदेश सरकारको गुणगान त्यो पनि मात्र नाम मुख्यमन्त्री योगी आदित्यको । केरलको नाम उच्चारणसम्म हुँदैन । उत्तरप्रदेश सरकारलाई कोरोनाको रोल मोडल गरेर व्यख्यान दिन भरी गर्न थाक्दैनन् केहि बरिष्ठ पत्रकारहरु ।
सयकडौं असहाय, निमुखा गरिब ट्रैनको पटरीमा कुचलेर, हाईवे रोड एक्सीडेन्टमा अकाल मृत्य भएको सर्व विदित छ । तर, मोदी सरकारको ट्रेनको राम्रो व्यवस्थाको चर्चा मात्र हामी सुन्दै आएका छौं । आर्थिक तंगी भएर लाखौं गरिब मजदूर हजारौं किलोमिटरको पैदल यात्रा आफ्नो ससाना बालबालिका, गर्भबती एवं अशक्त परिवारको सदस्यसंग कष्ट पूर्ण यात्रा गरेर घर आउनु मजबूर भएको हेर्दै र सुन्दैछौं । तर, मोदीको सबै गरिबलाई बैंक खातामा पैसा र राहत एवं जन लोकप्रिय राम्रो राष्ट्रिय नीतिको मात्र चर्चा बिचर्चा । बुझनु हजुर अहिले पनि बुझनु ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…