जनकपुरको गेष्टहाउसबाट ५ जना पक्राउ !
गोप्य सूचनाको आधारमा उनीहरुलाई जुवा खेल्दै गर्दा रँगेहात पक्राउ गरेको हो ।

२०७७ जेठ ९ शुक्रबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट प्रहरीले ५ जना जुवाडेलाई मोटो रकम सहित पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ पिडारीचोकबाट प्रहरीले २ लाख ७ हजार ५ सय ८५ रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो ।
पिडारीचोक स्थित रहेको जानकी वाटीका गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई जुवा खेल्दै गर्दा रँगेहात पक्राउ गरेको हो ।
अधिकृतको कमाण्डमा टोलि खटि गई तास खेल्दै गरेको अवस्थामा नगद दुई लाख सात हजार पाँच सय पचासि रुपैयाँ सहित जिल्ला धनुषा मिथिला बिहारी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५६ को किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने बर्ष ५५ को बिल्टु बरही, जनकपुर १३ बस्ने बर्ष ३५ को सतकिङ राईन , बर्ष ४७ को जसिन कवाडि र बर्ष ३४ को रमेश साहुलाई पक्राउ गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…