नेकपाका गुप्ताद्धारा दलित समुदायको अपमान, कारवाही गर्न पूर्वसांसदको माग
न्यूज ब्यूरो, रुपान्देही । रुपन्देही जिल्लाका एक नेताले दलित समुदायको भावनामा ठेस पुगाउने कार्य गरेकोमा विभिन्न समाजिक सघंसस्था एवमं दलित समुदायका अगुवाहरुले बिरोध जनाएका छन् । जिल्लाका क्षेत्र नम्बर १ (क) का नेकपाका क्षेत्रिय ईन्चार्ज संजय गुप्ताले यस्तो महामारीको समयमा समाजिक संजालमा अब पनि बाहुनल

२०७७ जेठ ९ शुक्रबार, दिउँसो २:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रुपान्देही । रुपन्देही जिल्लाका एक नेताले दलित समुदायको भावनामा ठेस पुगाउने कार्य गरेकोमा विभिन्न समाजिक सघंसस्था एवमं दलित समुदायका अगुवाहरुले बिरोध जनाएका छन् ।
जिल्लाका क्षेत्र नम्बर १ (क) का नेकपाका क्षेत्रिय ईन्चार्ज संजय गुप्ताले यस्तो महामारीको समयमा समाजिक संजालमा अब पनि बाहुनले दलितको घरमा खाना पकाउने बाहेक दलित समुदायलाई दिन केही पनि बाकी नरहेको कटाक्ष गर्दै सविधानप्रदत्त मानव अधिकार र मौलिक हकको खिल्ली उडाउँदै आफुहरुको भावना माथि ठेस पुगाएको भन्दै दलित अगुवाहरुले आपत्ति प्रकट गरेका हुन् ।
रुपन्देही जिल्लाको सचिवालय सदस्य एवमं क्षेत्र १ (क) का ईन्चार्ज समेत रहेका गुप्ता बुधवार दलित अगुवा दिनेश चमारले सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका ५ बस्ने अन्दाजी ५० बर्षिय मलर सदाको खानै नपाएर भोकै मृत्यु भएको बिषयलाई सरकारले उचित ध्यान देओस भनी स्टेटस राखेको केही घण्टामा दलित समुदायलाई अपमानित हुने खालको शब्द प्रयोग गरेका हुन् ।
यस्तो संवेदनशील घडिमा नेता गुप्ताले देशका लगभग ६० लाख दलित समुदायलाई आत्मसम्मानमा ठेस पुगाएको भन्दै यस्ता ब्यक्तिलाई नेपाल सरकार र नेकपा नेतृत्वले कारवाहीको दायरामा ल्याउनपर्ने राष्टिय सभाका पुर्व सांसद एवमं दलित अधिकारकर्मी रामप्रित पासवानले माग गर्नु भएको छ ।
सासंद पासवानले आज एक विज्ञाप्ती जारी गर्दै सविधानमा उल्लेख नभएको विषय बस्तुलाई समेत उनले उठाएर दलित समुदायलाई निच देखाउने र समाजिक सदभाव विगार्न खोजेको , मृतक सदा खाद्यान्नको खोजीमा हिडे पछि खेतमै ढलेर मृत्यु भएको र यस्तोहृदयस्पर्शी घटनाको सन्दर्भमा टिप्पणी गरेको उल्लेख गनु भएको छ ।
उता दलित समुदायलाई अपमानित हुने खालको शब्द प्रयोग गरेको भन्दै चमार कल्याण समाज अमेरिका युरोपले कडा शब्दमा निन्दा गर्दै यस्तो कार्य गर्ने निज नेता गुप्तालाई कडा कारवाही गर्न माग गरेको छ । समाजका संयोजक अमिरी मोचीद्धारा जारी विज्ञाप्तीमा निज गुप्ताले सारा दलित समुदायलाई अपमानित गरेको र आफुहरुको अवाजलाई दबाउन खोजेको उल्लेख गर्नुभएको छ ।
मोचीले नेपाल सरकारको नारामा कोही भोकै नबसोस् ,कोही भोकै नमरोस् भन्ने नारा ल्याएको एक हप्ता नवित्दै एक दलित समुदायको खाना नपाएर मृत्यु हुनुको दोष सरकारले लिनुपर्ने माग समेत गर्नु भएको छ । उता चमार कल्याण समाज साउदी अरेबियाका संयोजक सुरेन्द्र कुमार महरा , दलित अधिकार समाज पर्सा एवमं पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामले पनि गुप्तालाई कारवाही हुनुपर्ने माग गरेका छन् ।
यस्तै, दलित सामुदायिक बिकास केन्द्र राजपुर नगरपालिका अध्यक्ष उदय नारायण राम चमार, दलित समाजिक विकास केन्द्रका अध्यक्ष राम शरण रैदास, महिला अधिकारकर्मी एवमं ओरेक नेपाल कपिबस्तुकी जिल्ला अध्यक्ष मिना परियार , बहुजन मिसन नेपालका प्रमुख हरिनन्दन अम्बेडकर , दलित अधिकारकर्मी एवमं लेखक चन्द्रेश्वर दास , लेखक राज रजक लगायतले गुप्ताले सार्बजनिक रुपमा माफि माग्नुपर्ने र नेकपाले कारवाही गर्नुपर्ने तथा सरकारले यस्ता घृणित विचारधारका मान्छेलाई कारवाही गर्नुपर्ने माग गर्नु भएको छ ।
यता, नेता गुप्ताले आफु माफि पनि नमाग्ने र पार्टी लगायत कसैले आफुलाई केहि गर्न नसक्ने बताएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…