'आलम' को घरमा प्रहरीको छापा, अवस्था बिग्रेपछि १२ राउण्ड फायर !
पूर्व मन्त्री मोह्मद आफताब आलमलाई २०७६ असोज २६ गते इद्रिस गेट अगाडिबाट प्रक्राउ गरेको थियो ।

२०७७ जेठ ९ शुक्रबार, बिहान ९:४४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा रौतहट प्रहरीले खानतलासी गरेको छ।
बमकाण्डका अर्को फरार अभियुक्त मन्त्री आलमको भाइ महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आलमको घरमा सर्च अप्रेशन चलाएको हो।
‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना पाएपछि मन्त्री आलमको घरमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरक्षक रविराज खडकाले बताए ।
फरार रहेका आलमका भाइलाई पक्रन प्रहरी पुगेको र खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध र जाइ लाग्न थालेपछि प्रहरीले आत्म रक्षाको लागि हवाई फायर समेत गरेको उपरिक्षक खडकाले बताए ।
यस्तो छ आलम प्रकरण
अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाइ फायर गरेको प्रहरी उपरीक्षक खड्काले प्रष्ट पारे।खडकाले घरमा महताब आलम फेला नपरेको बताए उनले भने ‘फरार रहेका सबैको खोजी कार्य जारी छ ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…