दुई विपन्न परिवारलाई आर्थिक सहयोग
सँतोष ठाकुर जनकपुरधाम, १३ माघ । 'अपन मिथिला सेवा समाज' (नेपाल केन्द्रीय कार्यलय जनकपुर द्वारा दुई पिडित परिवारलाई सहयोग गरिएको छ। घर दैलो कार्यक्रम मार्फत भएको जानकारी अनुसार सहि तथ्य पता लगाई उनीहरुलाई आर्थिक सहयोग गरिएको हो । पिडित परिवार हरुमा भारत मधुबनि बिहारको स्वर्गीय घुरण मण्डल को श्रीमती भग

२०७४ माघ १३ शनिबार, दिउँसो ३:१४ बजे१ मिनेट पढाइ

सँतोष ठाकुर
जनकपुरधाम, १३ माघ ।
'अपन मिथिला सेवा समाज' (नेपाल केन्द्रीय कार्यलय जनकपुर द्वारा दुई पिडित परिवारलाई सहयोग गरिएको छ।
घर दैलो कार्यक्रम मार्फत भएको जानकारी अनुसार सहि तथ्य पता लगाई उनीहरुलाई आर्थिक सहयोग गरिएको हो ।
पिडित परिवार हरुमा भारत मधुबनि बिहारको स्वर्गीय घुरण मण्डल को श्रीमती भगवान दाई देबिलाई नेपाली रु ४०,००० चालिस हजार सहयोग गरिएको जनाइएको छ ।
भगवान् दाइ देबि को घरको अवस्था एकदमै दयनीय तथा घर जग्गा समेत पनि नभएको र आफु भगवान दाइ देबि बुढो भएका ले घर चलाउन समस्या भईरहेको अवस्थामा अपन मिथिला सेवा समाजले सहयोग गरेको छ।

भगवान दाइ देवी घरमा दुईटा छोराछोरी रहेको छ ।
त्यो पनि सानो सानो छन र पढाइ लेखाइ मा सहयोग र जाडो मा लता कपडा समेत को अभाव भएको ले केही रात होस भनेर सहयोग गरिएको जनाइएको छ।
साथै अर्को पिडित परिवार पनि भारतको मधुबनि बिहार किसन महतोकी श्रीमती रामकुमारी देबि लाई पनि नेपाली रु ४०,००० चालिस हजार सहयोग अपन मिथिला समाजका केन्द्रिय उपाध्यक्ष हरिदेव शर्माले जनाए ।।
विरामीका कारण किसनको अल्पायुमै मृत्यूपछि भएपछि रामकुमारी देवीलाई उठीवास भएको अवस्थामा समाजले सहयोग गरेका छन् ।
दुई छोरी रहेका रामकुमारीलाई जेठी छोरीको लागि आदर्श विवाहको कुराकानी समेत यी सँस्थाले चलाएका शर्माले जनाए ।।
विभिन्न समयमा परेका बेलामा अति विपन्न तथा पीडित परिवारलाई यो सँस्थाले सहयोग गर्दै आएको छ ।
नेपाल बाहेक खाडी मुलुक, सउदी, कतार दुबई मलेसिया लगायत अन्य खाडीहरुमा यसको क्लबहरु समेत रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…