प्रदेश २ : वृद्धको खुट्टा भाँच्ने प्रहरी कारवाहीमा
डीआईजी सिंहले अन्य प्रहरीलाई पनि संयमित रहन निर्देशन दिएका छन् ।

२०७७ जेठ ८ बिहीबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दूध लिन आएका वृद्धमाथि लाठी प्रहार गर्ने प्रहरी सहायक निरीक्षक (असई) लाई अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरमा झिकाइएको छ ।
आइतबार बिहान २ जना नातिनीका लागि दूध लिन जाँदा असई लालबाबु साहको लाठी प्रहारले वीरगन्ज महानगरपालिका १६का ६७ वर्षीय नागेन्द्र पटेलको दाहिने खुट्टा भाँचिएको थियो ।
प्रहरीको आदेश मानेर फर्किने क्रममा पछाडिबाट हिर्काएको लाठीले पटेलको खुट्टा भाँचिएको उजागर भएपछि प्रदेश २ का प्रहरी कार्यालयले असई साहलाई जनकपुर झिकाएर अनुसन्धान थालेको छ । प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रारम्भिक अनुसन्धानमा असई लालबाबु साहले कुटपिट गरेको पाइएको बताए ।
असई साह वीरगन्जको नयाँ बसपार्क अस्थायी प्रहरी चौकीमा कार्यरत थिए । उनीमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ ।
डीआईजी सिंहले अन्य प्रहरीलाई पनि संयमित रहन निर्देशन दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…