प्रदेश २ः १० लाख रुपैयाँ फालेर फरार
फालिएको पैसा अन्य सर्वसधारनले टिपेको हल्ला चलेपनि वास्तविकता बारे अनुसन्धान भइरहेको

२०७७ जेठ ८ बिहीबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहसँजय सहनीट । रौतहटमा एक युवकले १० लाख रुपैयाँ फालेर फरार भएका छन् ।
नेपाल प्रहरीलेको रौतहटको इशनाथ नगरपालिकाको परोहा डुमरियाबाट १०लाख १० हजार नेपाली रुपियाँ सहित एक मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले अनुसन्धानका लागि गुडु अन्सारीलाई पनि पक्राउ गरेको छ।बिहिवार बिहानै गस्तीमा रहेको प्रहरीलाई देख्ना साथ ना ४५ प २११६ नम्बरको मोटरसाइकल सवार एक युवकले नजिकैको नहरमा झोला र मोटरसाइकल फालेर फरार भएका थिए ।
झोला फालेर फराए भएपछि प्रहरी चौकी औरैयाका असइ लल्लित कुमार साहको कमान्डमा खटेको टोलिले झोला खोली हेर्दा उक्त परिणामको नगद रुपैयाँ भेटिएको मेयर सन्तोष मेहताले बताए ।
हाल आफ्नै रोहवरमा पैसा गनिएको मेहताले बताए । पैसा र मोटरसाइकल कस्को हो यसबारे अनुसन्धान गरिने असइ साहले बताए ।
“मेयर साहबको रोहवरमा पैसा गनि बरामद पैसा र मोटरसाइकल जिल्ला पठाउने तयारी गरेका छौ , पैसा र मोटरसाइकल कस्तो र कस्को हो थप कुरा अनुसन्धानबाट पता लाग्नेछ ।”– असइ साहले बताए ।
फालिएको पैसा अन्य सर्वसधारनले टिपेको हल्ला चलेपनि वास्तविकता बारे अनुसन्धान भइरहेको साहले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…