जनकपुरः डब्बामा नवजात शिशू फेला !
स्थानीयहरुले अवैद्य सम्बन्धका कारण बच्चा फालेको हुन सक्ने अनुमान

२०७७ जेठ ६ मंगलबार, बिहान ११:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कुटको डब्बामा एक नवजात शिशू मृत फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित रहेको जानकी चोक स्थित नवजात शिशू मृत फेला परेको हो ।
यहाँ स्थित रहेको अँगराज (अरगजा) पोखरीको पश्चिमी डिलमा डब्बामा फालिएको अवस्थामा एक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
पोखरीको पश्चिपट्टि सडकमै डब्बामा शिशु मृत अवस्थामा फेला परेको जानकी प्रहरी चौकीले जनाएको छ ।
शिशुलाई प्रहरीले चेकजाँचको लागि जनकपुर अञ्चल अस्पताल लगेको जनाइएको छ । बच्चा कसले फालेको बारेमा अनुसन्धान थालिएको बताइएको छ ।
यता, स्थानीयहरुले अवैद्य सम्बन्धका कारण बच्चा फालेको हुन सक्ने अनुमान गरिएपछि प्रहरीले भने यसलाई अहिले पुष्टि गरेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…