साँसद 'यादव' को गाडी समात्ने प्रहरीलाई कारवाहीको माग
नियन्त्रणमा लिएको समय साँसदसँग पास नभएको तथा पछि बनाएको हुन सक्ने : SP

२०७७ जेठ ४ आइतबार, दिउँसो १:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका सर्लाही प्रदेश साँसद अशोक यादवको गाडी नियन्त्रणमा लिने प्रहरीलाई कारवाहीको माग गरिएको छ ।
प्रदेश नं. २ को सर्लाही जिल्ला क्षेत्र नं. २ (ख) का प्रदेश साँसद यादवको गाडीलाई शुक्रबार जनकपुरको भानुचोकमा नियन्त्रणमा लिएर हेपाहा प्रवृति देखाएको भन्दै कारवाहीको माग गरिएको छ ।
समाजवादी युवा संघ प्रदेश समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश मामिलाका सभापति समेत रहेका साँसद यादवलाई प्रहरीले दुरव्यवहार गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
सम्बन्धित समाचार : जनकपुरः लकडाउनमा प्रदेश साँसद 'यादव' को दादागिरी (भिडियो सहित)
समितिका मुख्य सचिव ओम यादव (मनिष) द्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा – “आफनो काम कर्तव्य निर्वाह गर्दै क्रममा मन्त्रालय तथा प्रदेश सभामा आगतजाबत गर्नु पर्ने भएकाले केही आवश्यक कागजात लिनका लागि सबारी चालकलाई गाडीका साथ पठाएको तर प्रहरीले निजलाई नियन्त्रणमा लिई मन्त्रालय जान नदिएको, साथै माननीय ज्यूले पुग्दा समेत पूवाग्रह सहितको नश्लीय चरित्र प्रस्तुत गरेको र प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकले समेत हेपाहा पारामा कुरा गरेको खेदपूर्ण छ ।” भनेर उल्लेख गरिएको छ ।

साँसद यादवसँग प्रहरीले गरेको व्यवहार हेपाहा शैली र नश्लिय चरित्र देखाएको भन्दै घटनाको भत्सर्ना समेत गरेको छ ।
संघले साँसदसँग गरेको नश्लिय चरित्र तथा व्यवहारले साँसदसँग माफी माग्नुपर्ने माग गरेको छ । यसका साथै, माफी नमागे संघले कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।
ज्ञातव्य छ, गत शुक्रबार दिउँसो जनकपुरको भानुचोकमा साँसद यादवले विना पासको सवारी चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको समय साँसदसँग पास नभएको तथा पछि बनाएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…