सेनाको गस्तीबीच वीरगँजमा बम, डिस्पोटल टोलीद्धारा डिस्पोज
पर्सामा निषेधाज्ञालाई थप कडा बनाउन भन्दै स्थानीय प्रशासनले सेना समेत परिचालन गरेको छ ।

२०७७ जेठ ३ शनिबार, राति ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाको बीरगन्जको प्रतिमा चौकमा फेला परेको बम सेनाले डिस्पोज गरेको छ ।
आज (शनिबार) साँझ प्रतिमा चौकस्थित नेपाल आयल निगमको गेट अगाडि राखिएको बम सेनाको बम डिस्पोजल टोलीले केहीबेर अघि डिस्पोज गरेको हो ।
खबर पाए लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहले जानकारी दिए ।
बम कसले र किन राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।
कोरोनाले त्रसित बनेको बीरगन्ज निषेधाज्ञा लागु भएको बेला बम फेला परेपछि थप त्रसित बनेको छ ।
साथै, निषेधाज्ञा लागु भएको कसैलाई पनि बाहिर निस्कन नदिइएको बेला बम कसरी नेपाल आयल निमगको गेट अगाडि राखियो सर्वसाधारणले प्रश्न गरेका छन् ।
जबकी, पर्सामा निषेधाज्ञालाई थप कडा बनाउन भन्दै स्थानीय प्रशासनले सेना समेत परिचालन गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…