दुःखद खवरः धनुषामा थप २ सँक्रमित फेला, कोरोनाबाटै १ जनाको मृत्यू !
नयाँ सँक्रमणमा धनुषा निवासी २०, ६५ बर्षीय पुरुषहरू रहेका छन् ।

२०७७ जेठ ३ शनिबार, राति ९:२८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा थप २ जना कोरोना सँक्रमित थपिएको छ भने कोरोनाबाट नै एक जनाको मृत्यू भएको पुष्टि भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यू भएको पहिलो घटना रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले ८ बजेर ५० मिनेटमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मृतक सिन्धुपाल्चोक निवासी २९ बर्षीय महिला रहेको जनाइएको छ । गत बैशाख २३ गते त्रिबि शिक्षण अस्पताल, महाराजगंजमा भर्ना भएको र उनको २४ गते डेलिभरी भएको जनाइएको छ ।
अस्पतालबाट बैशाख २५ गते २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक आफ्नो घर गएपछि उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो ।
त्यसपछि स्वास्थ्यमा थप जटिलता हुँदै गएपछि र अवस्था जटिल बन्दै गएपछि उनलाई धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यस सम्बन्धमा थप बिस्तृत बिवरण लिईएको र कोभिड– १९ संग सम्बन्धित थप परिक्षण पश्चात् नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…