मैथिली गीत 'गामक हवा' रिलिज हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुको एक समूहले गामक हवा नामक मैथिली गीत रिलिज गर्न लागेका छन् । लकडाउनका कारण बिदेशमा फसेकालाई सान्त्वना दिन तथा उनीहरुको आत्मबल बढाउन “गामक हवा लक आयल मिताकेर सन्देश” नामक भिडियो गित आज युटुबमा रिलिज गर्ने भएको छ । आज साँझ नेपाली समयानुसार ७ः०० बजे सार्वजनिक

२०७७ जेठ २ शुक्रबार, दिउँसो ४:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुको एक समूहले गामक हवा नामक मैथिली गीत रिलिज गर्न लागेका छन् ।
लकडाउनका कारण बिदेशमा फसेकालाई सान्त्वना दिन तथा उनीहरुको आत्मबल बढाउन “गामक हवा लक आयल मिताकेर सन्देश” नामक भिडियो गित आज युटुबमा रिलिज गर्ने भएको छ ।
आज साँझ नेपाली समयानुसार ७ः०० बजे सार्वजनिक गरिने निर्देशक राजेश सक्सेनाले जनाएको छ ।
नव युथ मिथिला ईन्टरटेन्मेन्टको ब्यानरमा त्यार गरिएको उक्त गितमा गाउँ वरिपरिका दृश्य , बुवा आमा को आशा र पत्नीका स्नेह लगायत का कुरा समेटेको छ ।
गुरु र धिरेन्द्र पासवानको शब्द रहेको गितमा नेपाली, मैथिली , भोजपुरीका प्रसिद्ध गायक तथा संगीतकार मुरलिधरको स्वर संगीत रहेको छ भने भिडियो निर्देशन सक्सेनाले गरेको छ ।
रिलिज हुने भिडियोमा कलाकार हरु राजेश सक्सेना , धिरेन्द्र पासावान , ज्योती झा , गम्भीर साह , अशेस गुरुवाल , नरेश पासवान लगायतका कलाकारले अभिनय गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…