महासंघद्धारा पत्रकार कुटपिटको निन्दा, कारवाही गर्न माग
यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेको महासंघको ठहर छ ।

२०७७ जेठ १ बिहीबार, बिहान ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासंघ सिरहाले पत्रकार बद्री नारायण यादवलाई सेनाले कुटपिट र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले बुधबार फोटो खिच्दै गर्दाको अवस्थामा पत्रकार यादवलाई कुटपिट गर्नुका साथै दुर्व्यवहारसमेत गरेका थिए ।
पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि सेनाबाट भएको यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेको महासंघको ठहर छ । महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताद्धारा जारी विज्ञप्तिमार्फत् पत्रकार यादवलाई कुटपिट गरी घाइते बनाउने दोषीलाई कारवाही गर्न मागसमेत गरिएको छ ।
लकडाउनलाई प्रभावकारी बनाउन सूचना तथा सचेतना सम्प्रेषण गरी पत्रकारले पनि उत्तिकै महत्वपूर्ण कार्य गरिरहेको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोहोर्याउन महासंघले सबैमा आग्रह पनि गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…