प्रदेश २ः बारा जिल्लामा कर्फ्यू !
जिल्ला प्रशासन कार्यालय, बाराले सूचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको जनाईएको छ ।
२०७७ बैशाख ३० मंगलबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । कोरोना महामारीको अवस्थालाई गम्भीररूपमा लिंदै बारा र पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बाराले सूचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको जनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सँक्रमणको महामारीलाई मध्यनजर गर्दै जिल्लाभरि कर्फ्यू लगाउने घोषणा गरेको हो ।
यसलाई पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सामा पनि निषेधाज्ञा जारी हुन लागेको बताएकी हुन् । सो क्रममा सबै ई–पास पनि खारेज गरिएको छ ।

बारा जिल्ला पर्साको वीरगंजसँग टाँसिएको क्षेत्र भएकोले जिल्ला प्रशासन कार्यालय, पर्साभन्दा अगावै निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन ।
सूचनामा वैशाख ३० गते बसेको विपत् व्यवस्थापन केन्द्रको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजीम निम्न अनुसार गर्न, गराउने गरी निषेधाज्ञा जारी भएको बताइएको छ।
निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज गरिएको र ई-पास पनि बुधवारदेखि खारेज गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…