जनकपुरबाट करिब एक दर्जन विद्यार्थी पक्राउ
पक्राउ परेकाहरुलाइ यतिबेला जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
२०७७ बैशाख ३० मंगलबार, बेलुकी ५:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामबाट करिब एक दर्जन विद्यार्थीहरु पक्राउ परेका छन् ।
लिपुलेकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका करिब एक दर्जन विद्यार्थी नेताहरु जनकपुरको रामानन्द चौकबाट पक्राउ परेका छन् ।
भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिस्ट पार्टिका भातृ संगठन अनेरा स्ववियूका विद्यार्थि नेताहरु विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरु भारत विरुद्व प्रदर्शनसंगै जनकपुरको रामानन्द चौकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका हुन ।
मोदिको पुत्ला दहन गर्न थालेपछि प्रहरीले विद्यार्थि नेता आनन्द झा,राजन झा,रिकि यादब,आरपि यादब सहित करिब एकदर्जनलाइ पक्राउ गरेका हुन् ।
पक्राउ परेकाहरुलाइ यतिबेला जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुमित मिश्र
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…