क्यारिमिनाटीले 'TikTok' बालाहरुलाई नाँगो पारेपछि युटुबमा तहल्का !
३ दिनमै भिडियोमा भने ९ मिलियन अर्थात ९० लाख जति लाईक (पसन्द) गरेको देखिएको छ । कमेन्ट भने करिब ८ लाख सम्म गरिएको छ ।

२०७७ बैशाख ३० मंगलबार, बिहान ११:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको चर्चित रोस्टर क्यारिमिनाटी (अजय नागर) ले टिक-टक (Tik-Tok) प्रयोगकर्ताहरुलाई नाँगोझार बनाएका छन् ।
टिकटक उपर कैयौै भिडियो बनाएका क्यारिमिनाटी भारतको चर्चित रोस्टकर्ताको रुपमा चिनिन्छ । उनले टिकटक एप प्रयोगकर्तालाई सस्तो लोकप्रियताको दर्जा दिएपछि चर्चा उग्र भएको छ ।
उनले टिक टक प्रयोगकर्ताहरु जो जस्तै भएपनि आफूलाई स्टार ठान्ने प्रवृति मात्र रहेको भन्दै व्यँग उडाएपछि टिक टक प्रयोगकर्ताहरुले उनलाई धम्की समेत दिन थालेका छन् ।
एक भिडियामा उनले टिक टकमा युवतिहरुले अँग प्रदर्शन गर्नेदेखि लिएर मुजरा सम्म गर्ने गरेको भनेपछि विवाद भएको हो । उनले टिकटकमा जे जस्तोसुकै भिडियो हालेपनि मिलियन्समा फ्लोवरर्स हुने गरेको भनेर व्यँग हानेका छन् ।
टिकटकमा चिनिएका अमिर सिद्धिकी नामक युवकले मसहुर रोस्टर क्यारीमिनाटीलाई आफ्नै भिडियो चोरेर पैसा कमाउने भनेपछि त्यस उपर पनि रोस्ट गरिदिएको छ ।
उनले भिडियोमा भनेका छन्–“एक एप छन्, जसमा तपाईसँग २ वटा खुट्टा होस वा ४ वटा, तपाई फेमस हुनुभयो, तपाईको मुख भए नभए पनि तपाई फेमस हुनभयो, गीतमा मुख हल्लाएर फेमस हुनुभयो । तपाई स्टार बन्न सक्नुहुन्छ, चाहे जति पनि चुतिया ब्रिड किन नहोस”
अहिले समाजिक सँजालमा युटुबर र टिकटकरबीच जुधारी चलेको छ । यद्यपी, टिकटकरहरुलाई प्रसस्तै सपोर्ट मिलेको छ भने टिकटकरहरुलाई सबैले खिल्ली उडाएको देखिन्छ ।
कन्टेन्ट (समाग्री) को सन्दर्भमा भएको जुधारी अहिले ट्रेन्डिङग भएको छ । टिकटकबालाहरुले कुनै १५ देखि१ मिनेटसम्मको भिडियोमा नृत्य वा एक्टिँग सहित भिडियो मिक्सिँग, स्लो मोशन जस्ता इफेक्टको आधारमा निर्माण गर्ने गरिएको छ ।
युटुबरहरुले भने एउटा कन्टेन्ट बनाउनको लागि महिनौ लगाउँछन् । सोही सन्दर्भमा विवाद चुलिँदा क्यारिमिनाटी नामक युटुब च्यानलमा ३ दिनमै ३ मिलियन सब्क्राईबर बढेको देखिएको छ ।
३ दिनमै भिडियोमा भने ९ मिलियन अर्थात ९० लाख जति लाईक (पसन्द) गरेको देखिएको छ । कमेन्ट भने करिब ८ लाख सम्म गरिएको छ ।
भिडियोमा बारम्बार आमिर सिद्धिकीलाई बेटी शब्द उच्चारण गरेपछि अहिले भारतमा सिद्धिकीलाई सबैले बेटी भनेर ट्रोल गर्न थालेको छ ।
भिडियो हेर्नुहोस् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…