धनुषाधाम नगरपालिकाको क्वारेन्टाइन सिसिटिभीबाट निगरानी
प्रशासनको क्रियाकलापलाई समेत सिसिटिभीबाट निगरानी गर्ने गरिएको बताउनुभयो ।

२०७७ बैशाख २९ सोमबार, राति ९:५८ बजे१ मिनेट पढाइ

न्युज ब्युरो , जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा सिसिटिभी क्यामेराद्धारा निगरानी थालिएको छ ।
सोमबार (आज) सिसिटिभी निगरानीलाई पनि अनुमगन गर्दै उपमेयर बिध्या देवि भुजेलले क्वारेन्टाइनमा बसेका नगरवासीलाई सुरक्षा तथा गतिविधिको निगरानीको उदेश्यले सिसिटिभी क्यामेरा जडान गरिएको बतानुभयो ।
धनुषाधामको क्वारेन्टाइनमा अहिले १२ जना रहेको छ भने उनीहरुलाई सन्तुलित खाना ,बस्ने सुविधा लगायत भर्नामा आउने व्यक्तिलाई सम्पूर्ण थोक नयाँ राखी मात्र राखिने गरिएको बताउनुभयो ।
उहाँले क्वारेन्टाइनमा चिकित्सको डयुटी, व्यक्तिहरुको गतिविधि, प्रशासनको क्रियाकलापलाई समेत सिसिटिभीबाट निगरानी गर्ने गरिएको बताउनुभयो ।
पालिका भरी कुनै व्यक्ति विदेशबाट आएको खवर पाए लगत्तै क्वारेन्टाइनमा ल्याएर सबै किसिमको सेवा सुबिधा दिने गरेको नगरपालिका स्वास्थ्य सुपरभाइजर एवं कोरोना फोकल पर्सन राम कृष्ण यादवले बताउनुभयो ।
सो त्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले स्वास्थ्यकर्मी टोलि चौबिसै घण्टा तैनाथ राखी ड्युटीमा खटिएको बताउनुभयो ।
“हामी बेला–बेलामा अनुगमन साथै आवश्यकता अनुसार सामग्री उपलब्ध गर्दै आएका छौं, कुनै कष्ट हुँदैन ।”– उहाँले थप्नुभयो ।
अनुगमन क्रममा वडा नं ५ को वडा अध्यक्ष इन्द्रकुमार महतो समेत पुगेको थियो । सो क्रममा वडाध्यक्ष महतोले क्वारेन्टाइन भित्र मोबाइल चार्जिँग सहित इन्टरनेटको समेत सुविधा दिनुपर्ने माग राख्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…