जनकपुरमा आंशिक लकडाउन खुल्यो !
सो सन्दर्भमा धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीले लकडाउन नखुलेको बताएका छन् ।

२०७७ बैशाख २८ आइतबार, दिउँसो १:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमणलाई रोकथाम गर्नको लागि सरकारले लगाएको लकडाउन जनकपुरमा आशिंक रुपमा खुलेको देखिएको छ ।
नेपाल सरकारले बैंक तथा वितीय सँस्थानहरु आजदेखि खोल्ने निर्णय गरेपछि जनकपुर बजारमा मोटो भीड देखिएको छ ।
जनकपुरको शिवचोक, भानुचोक, मिल्स एरिया, रामानन्दचोक, मुरलीचोक, राम मन्दिर, जानकी मन्दिर, अस्पताल रोड लगायत जनकपुरभरि नै मोटो सँख्यामा मानिसहरुको आवागमन भएको देखिएको छ ।
आज (आईतवार) देखि बैंक तथा वितीय सँस्थाहरु खुल्ने भएपछि गाउँस्तरबाट आएका सर्वसाधारणको मोटो भीड देखिएको छ । बैंकहरुले सोको व्यवस्थापन भने गर्न सकेको छैनन् ।
.jpg)
यसका साथै, ग्रामिण भेकबाट समाजिक सुरक्षा भत्ता लिनको लागि पनि जनकपुरको विभिन्न बैंकहरुमा वृद्धवृद्धाहरुको भीड देखिएको छ । यद्यपी प्रहरीले भने भीड नियन्त्रण गर्न सकेको छैनन् ।
सरकारले कोरोनाबाट बच्नको लागि समाजिक दुरी (कम्तीमा एक मिटर) कायम गरी मात्र कारोवार गर्न तथा सेवा लिन निर्देशन दिएपनि लकडाउनको उलंघन गरीएको देखिएको छ ।
बैंकहरु खुल्ने भएपछि सवारी तथा मानिसहरुको आवागमन निर्वाध रुपमा चलेको देखिएको छ । सरकारले किताब पसल समेत खोल्ने अनुमति दिएपछि भीड बढेको हो ।
सो सन्दर्भमा धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीले लकडाउन नखुलेको बताएका छन् । उनले लकडाउन नखुलेपनि सरकारले बैंकहरु खोल्ने निर्णय गरेपछि मानिसहरुको आवागमन बढेको बताएका छन् ।
भिडियोमा हेर्नुहोस जनकपुरको लकडाउनको अवस्था
नेपालमा आजसम्म कोरोना सँक्रमित १ सय १० जना पुगेको छ भने सो मध्ये ३१ जना निको भएर घर फर्केका हुन् । कोरोनाबाट बच्न र बचाउनको लागि सरकारले घरभित्रै बस्न आग्रह गरेका छन् ।
सरकारले जनताको सेवासुविधाको लागि बैंक मात्र समाजिक दुरी कायम गरी खोल्न भनेको छ भने लकडाउन अहिले पनि जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…