घरमा बिजुली मिटर रिडिङग नगर्ने मनस्थितिमा 'मिटर रिडर'
नेपालमा कोरोनाको संक्रमण देखिएपछि गत चैत ११ गतेदेखि देशभरको मिटर रिडिङ कार्य बन्द छ ।

२०७७ बैशाख २८ आइतबार, बिहान १०:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडरहरूले उपभोक्ताको घरसम्म मिटर रिड गर्न नजाने मनस्थिति बनाएका छन् ।
उनीहरुले नेपाल विद्युत प्राधिकरणले आफुहरूलाई तलब नदिएर विभेद गरिएको गुनासो गरेको छन् ।
लकडाउन अवधिमा प्राधिकरणका सबै कर्मचारीले तलब पाउँदा आफुहरूले नपाएको गुनासो गरेका हुन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरेको लकडाउन अवधिमा तलब दिन भने पनि खातामा पैसा नआएको प्राधिकरण मिटर रिडर संघर्ष समितिले जनाएको छ ।
समितिकाअनुसार गोटा गन्ती मिटर रिडरले चैतदेखिको तलब पाएका छैनन् । तलब समयमा नपाएपछि उपभोक्ताको घरसम्म मिटर रिड गर्न नजाने मनस्थिति बनाएको मिटर रिडर संघर्ष समितिले जनाएको छ ।
मिटर रिडर पनि प्राधिकरणकै कर्मचारी भएकाले अन्य कर्मचारीलाई सरह लकडाउन अवधिको तलब दिन समितिले माग गरेको छ ।
स्थायी, अस्थायी र ज्यालादारी कर्मचारीले तलब पाएको हुँदा मिटर रिडरलाई विभेद गर्न नहुने समितिको तर्क छ ।
तलब नपाउँदासम्म कुनै मिटर रिडर उपभोक्ताको घरसम्म मिटर रिडिङ गर्न जाने मनस्थितिमा नरहेको समितिको भनाई छ ।
नेपालमा कोरोनाको संक्रमण देखिएपछि गत चैत ११ गतेदेखि देशभरको मिटर रिडिङ कार्य बन्द छ ।
मिटर रिडिङ नहुँदा प्राधिकरणले फागुनदेखिको विद्युत महसुल उठाउन सकेको छैन ।
प्राधिकरणले सावधानी अपनाएर विद्युत महसुल संकलन काउन्टर तथा मिटर रिडिङ कार्य सुचारु गर्न देशभरका वितरण केन्द्रलाई सर्कुरल जारी गरेको छ ।
तलब नपाए पनि प्राधिकरणले उपभोक्ताको घर–घर गएर मिटर रिडिङ गर्न निर्देशन दिएको मिटर रिडरहरूले सामाजिक सञ्जालमार्फत दुखेसो पोखेका छन् ।
तलब दिएर मिटर रिडिङ कार्यमा प्रोत्साहन दिनु पर्नेमा परिवार पाल्न समस्या भएको उनीहरूको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…