आफ्नै भूमिमा सडक बनाएको भारतको दाबी
तिर्थयात्रीको सहजताका लागि गाडी चलाउन मिल्ने मात्र बनाइएको जिकिर भारतीय पक्षले गरेको छ ।

२०७७ बैशाख २८ आइतबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतले शुक्रबार उद्घाटन गरेको कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ ।
शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो ।
सो सडकले कैलाश मानसरोवर यात्रामा जाँदा तिर्थयात्रीले प्रयोग गर्ने गरेको पूर्ववत् कायम रहेको रुटकै आधारमा बनाइएको हुँदा त्यो भारतीय भूमीमै पर्ने तर्क भारतले गरेको छ । त्यसैलाई अहिले तिर्थयात्रीको सहजताका लागि गाडी चलाउन मिल्ने मात्र बनाइएको जिकिर भारतीय पक्षले गरेको छ ।
नेपाल र भारतले सीमासम्बन्धी विषयहरुलाई सल्टाउनका लागि संयन्त्र तयार गरेको बताउँदै, थाँती रहेका विषयलाई कुटनीतिक वार्ताबाटै सुल्झाउन भारत प्रतिबद्ध रहेको बताएको छ ।
दुबै पक्ष सचिवस्तरीय वार्ताको मिति तय गर्ने प्रक्रियामै रहेको बताउँदै भारतको विदेश मन्त्रालयले कोभिड–१९ को समस्या समाधान भएपछि सो मिति तय गरी बैठक बस्ने बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…