जनकपुरः हँसराज मिठाइ पसलका सँचालक पक्राउ !
चेतावनी दिएपनि अटेरी गरेको भन्दै आज (शनिबार) पक्राउ गरिएको जनाइएको छ ।

२०७७ बैशाख २७ शनिबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जानकी मन्दिरको सामुन्ने रहेको जनकपुरको हँसराज मिठाइ पसलका सँचालक हँसराज साह (गुप्ता) लाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई पक्राउ गरेको थियो । लकडाउनमा पनि मिठाइ पसल खोलेको भन्दै पक्राउ गरिएको डिएसपी रामेश्वर कार्कीले जनाए ।
कार्कीका अनुसार, लकडाउनमा पनि निरन्तर मिठाइ पसल खोलेको भनेर गुनासोहरु आएपछि उनलाई पक्राउ गरिएको थियोे ।
प्रहरीले सँचालक साहलाई बारम्बार पसल बन्द गर्नको लागि चेतावनी दिएपनि अटेरी गरेको भन्दै आज (शनिबार) पक्राउ गरिएको जनाइएको छ ।
उनलाई आइन्दा (अबदेखि) लकडाउनमा अवधीमा पसल नखोल्ने शर्तमा कागजात गराई छाडिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…