महामारीमा 'गरिब' भन्दा 'धनी' व्यक्ति बढी प्रभावित
यो सबैको पछाडि मुख्यकारण अध्यात्मिक र प्रकृति र मानब सम्बेद्नासंग हामीले गरेको खेलबाड़ नै हो जुन प्रमाणित पनि भएको छ ।
२०७७ बैशाख २७ शनिबार, बिहान ८:०० बजे३ मिनेट पढाइ

बिश्व अहिले कोरोनाको कहरमा त्राहीमाम छ बिश्व त्यसैको एउटा हिसा बन्न पुगेको छ ।
हामी नेपाली एकातिर बिश्वजगत कोरोनाको कहरसंग लड्दै छ भने अर्को तिर ग्रशित बनेको छ मानब जिबन । आज यो इतिहासमै पहिलो पटक होला जंहा सारा बिश्वजगत एकै पटक एउटा रोगले माहामारीको रुप लिरहदा त्यसलाइ जितनका निम्ती गरीएका सारावैज्ञानिक चिकित्सा पदतिहरू पनि केहि हदसम्म मात्र सफल देखिएको छ ।
हरेक क्षेत्रमा अति बिक्सित र सर्बसंपन्न मुलुकहरू कोरोनाको कहर सामु घुडा टेकेका छन १ सांचै भन्ने हो भने यो पहिलो पटक हो सायद जुनबेला हरेक जातजाति, वर्ग, र समुदायका मान्छेहरू एकै साथ चिन्तित छन । हरेक ब्यक्ति त्रासमा छन ।
नियतिको अगाडि केही सीप लाग्दो रहेनछ मान्छेको,भन्थे हो रहेछ । राजकुमारी देखि प्रधानमन्त्री देखि धनी गरिब सबैलाई एकै समान चपेटामा पारेको छ यसले , अमेरिका, ईटाली जस्ता देशहरू असफल भएको देखिनछ ।
सर्वसाधारण जन्ता अहिले एउटै कुरोको खोजमा छ, त्यो हो प्रेम मतलब आफ्नो सरकार संग रोग र भोकको उपचारको खोजीमा छन । यसबेलामा निस्चयपनि धैर्यता, साहास र आत्मबलको आवश्कता छ भने अर्को तिर सरकारको कर्तव्य निषठाको आवश्यकता छ ।
एकातिर यो हालको अवस्थाको चित्र हो, भने अर्को तिर कोरोनाले एउटा गम्भिर प्रश्न खडा गरेको छ हाम्रो आगाडि त्यो हो, आखिर कोरोना एउटा अदृश्य जीवानु को सामु हारखाएको बिश्वको सारा शक्तिहरू त्यो किन त जंहा एका तिर हामी परमान्बिक शक्तिहरूहरूले संपन्न बन्दै गइरहेको बेलामा एउटा जिवानुले धुरू धुरू रूवाउण थालेको छ ।
हामीलाई, एकातिर मानब समुदाय भौतिक रुपमा संपन्न प्रभाबशाली बन्न पुगेका छन , हामी धनसम्प्तिमुखि हुन लागेको छ मानब भनेपनि संसारमा व्याप्त अतिनै आधुनिक स्वास्थ प्रबिधी किन्न सक्ने क्षमता हुदा हुदैपनि केहिकाम लागेको छ आज राजकुमारी देखि प्रधानमन्त्रीसम्मलाइ नछोडनु भनेको पैसाले सबथोक गर्न सकिन्छ भन्ने भ्रमलाई यथार्थ तुल्याएको छ आज यसले ।
यो सबैको पछाडि मुख्यकारण अध्यात्मिक र प्रकृति र मानब सम्बेद्नासंग हामीले गरेको खेलबाड़ नै हो जुन प्रमाणित पनि भएको छ ।
हिजोको दिनमा हामीले जसरी प्रकृतिसंग जसरी दोहन गरीरहेका चौ त्यसमा थोरै पनि बिचार गरेका छैनौ नि कति जिबजन्तूको बासस्थान देखि पानीको सतहलाई समेत ध्यान दिएका छैनौ हामी, यि त समान्य बिषय हुन समग्रमा सम्पूर्ण जैविक प्रणाली नै प्रभाबित गरीरहँदा हाम्रो बिबेक शून्य कि भएको छ ?
अहिले बाँच्नैका निम्ति हामीले घरमा बस्नुपरेको छ पैसामा समेत यो जिवानुले असर गरेको छ । जसरी हामीमा मानवता, संस्कार हराएको छ फेरी त्यसै कुराहरूलाई अँगाल्न पर्ने झ झलको दि रहेको छ प्रकृति ले, परापुर्बकालमा हामी बाहिरबाट घरमा आउदा हाथखुटा धोएर आउने गर्ने गरेका थियौं ।
त्यसकै एउटा झलको दिइ राखेको छ नि आज, आज पैसा सस्तो र जिन्द्गी मँहगो भएको छ नि आखिर, हामी परिवार लाई समयनै नदि अति व्यस्त, जीवनशैलीतर्फ लम्केको थियौं नी फेरी फर्किन संकेत गरेको छ नि त वर्तमान परिवेशले ?
एउटा सुपरीवेक्षकले देखाई रहेको छ नि बरु गरिब बाँचेका छन भने धनीवर्ग अति प्रभाबित भएको छ । कोरोनाको कहरको सिकार अति विकसित देश जँहा मानवीय मूल्य मान्यताको कुनै कदर थिएन आज उनीहरूलाई नै धुरू धुरू रूवाएको छ नि होइन र ?
अन्त्यमा जीवनको वास्तविक मूल्य नै महत्वपूर्ण छन, प्रकृतिसंगको दोहन कदापी सहन्न हुने छैन भन्ने कुरोलाई आत्मसाथ गर्नुपर्ने देखिन्नछ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…