कोरोनाले ल्याएका अवसरहरु
लकडाउनले नेपालमा पारेको प्रतिकूल प्रभावलाई तीन तहका सरकारले आगामी वर्षको अवसरको रुपमा परिणत गर्न सक्नुपर्छ ।
२०७७ बैशाख २६ शुक्रबार, राति ८:०५ बजे५ मिनेट पढाइ

कोरोना भाइरसको महामारीका कारणले अहिले विश्व आक्रान्त छ । यसबाट विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुरा तत्कालै आँकलन गर्न नसकिएतापनि अर्थतन्त्रमा पर्न सक्ने प्रभावको केहि हदसम्म पूर्वानुमान गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका करिब ११५ मुलूकका ३६ लाख भन्दा बढी मानिसहरु यसबाट संक्रमित छन् भने २ लाख ४७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म यस भाइरसबाट संक्रमित हुनेको संख्या करिब १०० पुगेको भएतापनि हालसम्म कूनै मानवीय क्षति नभएको एक सुखद् पक्षको रुपमा लिन सकिन्छ ।
यस भाइरसको संक्रमण दर यति धेरै छ कि, संक्रमण सुरु भएको ६ महिना भन्दापनि कम अवधिमा संसारका सबै मुलूक यसको संक्रमणको चपेटामा परिसकेको छ । त्यसकारण यस महामारीबाट बच्न संसारको अधिकांश मुलूकहरु लकडाउन गरेर धैर्यताका साथ अगाडि बढिरहेको छ । यसरी रोगको संक्रमणबाट छुटकारा पाउनका लागि गरिएको लकडाउनले देशको समग्र आर्थिक सामाजिक पक्षहरुमा असर पारेको छ । नेपालको बजेट कार्यान्वयनको अन्तिम चौमासिकको सुरुवातदेखि नै भएको लकडाउनका कारण विकासात्मक गतिविधि प्रभावित हुनुका साथै सरकारले निर्धारण गरेको लक्ष्य अनुरुपको काम हुन नसक्ने अवस्था छ ।
यसले चालू आर्थिक वर्षलाई त प्रभावित पारेकै छ, साथै यस प्रतिकुल अवस्थाको प्रभाव आगामी आर्थिक वर्षहरुमा समेत पर्ने देखिन्छ । यहि सन्दर्भमा लकडाउनले नेपालमा पारेको प्रतिकूल प्रभावलाई तीन तहका सरकारले आगामी वर्षको अवसरको रुपमा परिणत गर्न सक्नुपर्छ ।
कुनै पनि रोग र रोगको संक्रमण कसैको लागि पनि राम्रो होइन । तर, यस संक्रमणबाट सृजित प्रतिकूल परिस्थितिलाई अवसरको रुपमा परिणत गर्न सकिन्छ । कोरोना भाइरसको संक्रमणले ल्याएको अवसरहरुलाई विभिन्न क्षेत्रहरुलाई सकारात्मक दृष्टिकोणबाट बुझ्न जरुरी छ ।
स्वास्थ्य क्षेत्र सुधारको अवसर
कोरोना भाइरसको संक्रमणले मानिसको स्वास्थ नै धन हो भने तथ्यलाई प्रमाणित गरिदिएको छ । आर्थिक रुपले जति सम्पन्न भएतापनि स्वास्थ्यको अभावमा आर्थिक सम्पन्नता निर्रथक हुन्छ । अहिले कोरोना महामारीको संक्रमणका कारणले नेपालको स्वास्थ्य क्षेत्र आम नागरिक राजनैतिकर्मी तथा सरकारको पहिलो प्राथमिकता बनेको छ । यस प्राथमिकताका साथ स्वास्थ क्षेत्रमा लगानी बढाउन सकिए भने नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रको अवस्थामा परिमाणात्मक तथा गुणात्मक सुधार हुन सक्छ । तसर्थ, तीनै तहका सरकारले ल्याउने नीति तथा कार्यक्रममा स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि सोही अनुरुप बजेट व्यस्थापन गर्न सके कोरोना माहामारी नेपालको लागि अवसरको रुपमा परिणत हुनसक्छ ।
रोजगारीको अवसरको सृजना
संसारका प्रसिद्ध दार्शनिक रोबर्ट माल्थसको भनाई छ, मानिस केबल खाने मुख लिएर मात्रै संसारमा जन्मिदैन खाने मुखका साथै काम गर्ने दूई हात लिएर पनि जन्मिन्छ । अहिलले नेपालको परिपेक्ष्यमा सान्दर्भिक देखिन्छ । विगतमा श्रम र अध्ययनका लागि विदेशिएका लाखौं नेपाली श्रमशक्ति हाल विश्व लकडाउनका कारणले नेपाल फर्किदैछ । यसबाट नेपालले विगतमा आर्जन गर्ने गरेको रेमिटान्स घटे तापनि यसलाई ठूलो अवसरको रुपमा परिणत गर्नु पर्ने आवश्यकता देखिन्छ।विदेशबाट फर्केर आएका नेपालीहरु केबल खानका लागि मुख मात्रै नभई विदेशी मुलूकमा सिकेका ज्ञान सीप र दक्षता समेत लिएर फर्केका छन्। तसर्थ सरकारले आगामी बजेट तथा कार्यक्रममा उनीहरुको ज्ञान सीप र क्षमतालाई परिचालन गर्ने खालका कार्यक्रमहरु ल्याएर नेपाल मै रोजगारीको अवसरको सृजना गर्न सकिन्छ।
कृषि क्षेत्रको उत्पादन बढाउन सकिने अवसर
विगतमा नेपालको कृषि क्षेत्रमा काम गर्ने श्रमशक्ति आफ्नो श्रम र सीप बेच्न विदेश पलायन हुदाँ कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभावका कारण कृषि उत्पादनमा कमि आएको देखिन्छ।फलस्वरुप नेपाल कृषि प्रधान देश हो भने तथ्य भनाईमा मात्र सिमित भएको छ।तसर्थ अहिले मनसुन सुरु भई नेपालमा कृषि कार्य प्रारम्भ भईरहेको अवस्थामा विदेशिएका नेपाली श्रमशक्ति नेपाल फिरौति भईरहेको हुनाले तिनिहरुलाई सरकारले अनुदान, सहुलियतपूर्ण ऋण जस्ता कार्यक्रमहरुको माध्यमबाट कृषि पेशा तर्फ आकर्षण गरेर नेपालको कृषिलाई व्यावसायिकरण गर्न सकिन्छ।यसबाट नेपालको ठूलो समस्याको रुपमा रहेको बेरोजगारी समस्या न्युनीकरण हुनुका साथै कृषि उत्पादन समेत बढाउन सकिन्छ।
राष्ट्रिय आयमा भएको बचतको सदुपयोग
नेपालको विकास असारे विकासको रुपमा विगतका वर्षहरुमा आलोचना हुने गरेको छ।यसरी आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माण दिगो नहुनुका साथै राष्ट्रिय आय खर्च मात्र हुने परिपाटि रहेको अवस्थामा लकडाउनका कारणले संचालन हुन नसकेका विकास निर्माणका कार्यहरु र संचालन हुन नसक्ने विकास निर्माणका कार्यहरुलाई तत्काल स्थगन गरि राष्ट्रिय आयको बचत गर्न सकिन्छ।यसरी बचत भएका आयलाई सरकारले आगामी वर्ष रोजगारी सृजना गर्न सकिने खालका आयोजनाहरुमा लगानी बढाउन सकिन्छ।
पृथ्वीको वहन क्षमता अभिवृदिको उपयोग
संसारभरि भएका लकडाउनका कारणले पृथ्वी वहन क्षमतामा अभिवृदि ( अबचचथष्लन अबउबअष्तथ या भबचतज) भएको छ।हालैभ्गचयउभबल अभलतचभ ँयच ःभमष्गm(च्बलनभ ध्भबतजभच ँयचअबकत को प्रतिवेदन अनुसार पृथ्वीको उतरी गोलार्धमा रहेको ओजन तहको प्वाल बन्द भएको तथ्य ले सार्वजनिक गरेको गरेको छ।साथै अहिले मानिसहरु पृथ्वीको स्रोतको दहन ( भ्हउयिष्तबतष्यल या चभकयगचअभक ) समेत कम गरेकोले पृथ्वी आयू समेत बढ्ने अनुमान लगाउन सकिन्छ। यसबाट जलवायू परिवर्तन न्यूनीकरणका लागि नेपालले छुट्याउदै आएको बजेटको आकार कम गरि उत्पादनशील क्षेत्रमा लगानी बढाउन सकिन्छ। तसर्थ लकडाउनका कारणले पृथ्वीको वहन क्षमतामा भएको अभिवृदिलाई नेपालले अवसरको रुपमा उपयोग गर्न सकिन्छ।
कोरोना भाईरसको संक्रमणको उन्मुलन संसारको लागि चुनौति बनेको छ।यसबाट छुटकारा पाउनका लागि संसार नै अहिले लकडाउन भएको अवस्था छ।यस्तो विषम परिस्थितिमा धैर्यताका साथ अगाडि बढ्नु बाहेक अरु कुनै विकल्प रहेको छैन। हरेक रात पछि दिन आउछ भने झै अहिलेको प्रतिकूल परिस्थिति हटेर अनुकुल स्थिति आउँछ।तसर्थ लकडाउनका कारण सिर्जना भएको समस्याहरुलाई धैर्यताका साथ सवै मिलि सामधान गरिनुपर्छ। हाल लकडाउनका कारणले उत्पन्न मानवीय समस्याहरु तत्कालै सामाधान गरिनुपर्छ।गरिव तथा विपन्न परिवारहरुको लागि खाध्धनको कमी पुरा गरिनुपर्छ।कुनै पनि नेपाली नागरिक भोकै नबस्ने व्यवस्था सरकारबाट गरिनुपर्छ।हरेक नागरिकको जीवनको रक्षा सरकारको पहिलो प्राथमिकता हुनपर्छ। यसरी आम नागरिकको तत्कालिक समस्याहरुको सामाधानका लागि सरकारले आवश्यम कदम चाल्नु पर्छ। यसका साथै नेपालको तीनै तहका सरकारले कोरोनाका कारणले उत्पन्न चुनौतिहरुलाई अवसरको रुपमा परिणत गरि अगाडि बढ्नका लागि स्वास्थ्य,शिक्षा पूर्वाधार विकास सामाजिक सुरक्षा जस्ता क्षेत्रहरुको प्राथमिकीकरण गर्नुपर्छ।यसका लागि सरकारले आगामी दिनका लागि वर्तमान अवस्थाको विश्लेषण गरी ठोस योजना तर्जुमा गर्नुका साथै त्यसको प्रभावकारी कार्यान्वयनमा लागि उपलब्ध सीमित स्रोतको अधिकतम् परिचालन गर्ने दृढताका साथ अगाडी बढनु पर्ने आवश्यकता रहेको छ ।
लेखक सुनिल कुमार पासमान शाखा अधिकृत हुन् । उनी हाल प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…