बोर्डर खुलेको हल्लाले भारत पसे सयौं नेपाली, सयबढी उत्तै घेरिए !
यता शसस्त्र प्रहरीले भने सीमा नखुलेको र कोहि पनि सीमापारीको बजार जान नपाएको दावी गरेको छ ।

२०७७ बैशाख २५ बिहीबार, राति १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज सीमा खुलेको हल्लापछि सयौं नेपाली भारतीय बजारमा गएपछि घेरिएका छन् ।
नेपाल भारत बोर्डर पूर्णरुपमा शील गरिएपनि बजार खुलेको अफवाह र हल्लाका कारण सयौं नेपाली भारतीय बजारमा समान किन्न गएपछि उत्तै घेरिएका हुन् ।
आज (बिहीबार) साँझ सीमा दुईघण्टाको लागि खुलेको हल्ला फैलिएपछि महोत्तरीको मठिहानी नाकाबाट झण्डै सयौंको सँख्यामा नेपाली वासिन्दाहरुले भारतीय बजारमा किनमेल गर्नको लागि पसेको स्थानीय अर्जुन साहले बताएका छन् ।
महोत्तरीको मधवापुर मटिहानी सीमा नाकाबाट भारतको मधवापुर दैनिक उपभोग्य वस्तु किनमेल गर्न पुगेका नेपालीहरु घेरिएको जनाइएको छ ।
सो नाकामा नेपाल भारतको सीमा भएपनि सीमा जस्तो देखिदैनन् । नेपाल र भारतको सीमा साँगुरो भएको तथा स्थानीयहरुले सीमामै घर बनाएपछि अलमलता समेत भएको देखिएको छ ।

हल्लाका कारण भारत छिरेको केही समयपछि नै स्थानीय प्रशासनले तुरन्तै कडाइ गरेपछि धेरैजना फर्किन सफल हुँदा पनि डेढसयभन्दा बढी व्यक्ति उत्तै रोकिएको बताइएको छ ।
बिहीबार साँझ ६ बजे मठिहानी नगरपालिका २ का पाँचसय बढीको संख्यामा स्थानीय नेपालीहरु मधवापुर बजार पसेका थिए । तर केहि बेरमै दुवै तर्फका सुरक्षाकर्मीले सीमामा कडाइ गरेपछि धेरै नेपालीहरु उत्तै घेरिएको स्थानीय साहको भनाइ छ ।
यता शसस्त्र प्रहरीले भने सीमा नखुलेको र कोहि पनि सीमापारीको बजार जान नपाएको दावी गरेको छ ।
महोत्तरीका सशस्त्र प्रहरीका एस्पी निरकृष्ण अधिकारीले साँझ ६ बजेतिर दुईघण्टाको लागि सीमानाका खुलेको हल्ला फिजाएपछि धेरै स्थानीय भारतीय बजारका लागि जान खोजेको तर दुबै तर्फका सुरक्षाकर्मीले कडाइ गर्दा कोहि पनि जान सफल नभएको दावी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…