आजै १७ कोरोना सँक्रमित थपिए, सँख्या ९९ पुग्यो !
सँक्रमितहरु मध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

२०७७ बैशाख २४ बुधबार, दिउँसो ४:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा आजै १७ वटा कोरोना सँक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिँगको क्रममा सो पुष्टि गरिएको हो ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया ब्रिफिँगको क्रममा आज १७ जना सँक्रमित थपिएको बताएका छन् । सो सँगै नेपालमा सँक्रमित सँख्या ९९ पुगेको छ ।
सँक्रमित मध्ये सबै जना प्रदेश नं. २ को वीरगँजका रहेको बताइएको छ । मँगलबार नै प्रदेश नं. २ लाई रेडजोन घोषित गरिएको केही घण्टामै १७ जना थपिएको हो ।
सँक्रमितहरु मध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
९९ मध्ये अहिलेसम्म २२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । १४ हजार बढीमा गरिएको पिसिआरमा यति सँक्रमित भेटिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…