भोक र रोग नागरिकता हेरेर लाग्दैन : युवा नेता साह
मजदुरहरुको कामकाज बन्द हुदाँ रोजगारवीहिन भएको छ ।

२०७७ बैशाख २३ मंगलबार, राति ८:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल तरुण दलका धनुषा जिल्ला उपाध्यक्ष एवम् युवा नेता राकेश विक्रम साहले भोक र रोग कसैको नागरिकता हेरी नलाग्ने गरेको बताएका छन् ।
कोरोनाको महामारीमा विभिन्न ठाउँमा जनप्रतिनीधिहरुले निमुखा र गरिबलाई नागरिकता हेरी मात्र राहत दिने गरेकोप्रति खेद प्रकट गर्दै नागरिकता नभएकोलाई पनि भोक लाग्ने गरेको बताएका हुन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले अह्वान गरिएको लकडाउनका कारण रोजगार गुमाएका मजदुरहरुका लागि अहिले विभिन्न संघ संस्था र व्यक्तिले सहयोग गरिरहेका छन् ।
यस्तै काममा सक्रिय भएका साह लकडाउनको तेस्रो दिन चैत्त १३ गतेदेखिनै विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन ।
उनी विभिन्न संघ संस्था तथा व्यक्तिहरु सँग समन्वय गरी जनकपुर उपमहानगरपालिकाको २५ औं वडाका दैनिकी ज्यालादारीमा काम गर्ने मजदुरवर्गको लागि खद्यानसमाग्री वितरण गर्दै आएको छ ।
मुलुकमा संकट परेकाबेला सहयोग लिने मजदुर र सहयोग दिने मनकारी दुबैलाई सम्पर्क गरी राहत उपलब्ध गराउने कार्यमा जुटेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ मानिसहरु घरभित्रै थुनिएका छ दैनिकी रिक्साठेल्ला चलाएर गुजारा चलाउनेहरु विचल्लीमा परेका छन ।
मजदुरहरुको कामकाज बन्द हुदाँ रोजगारवीहिन भएको छ ।
विपन्न परिवार खानाको अभावमा बाचिरहेको छ त्यस्ता व्यक्तिहरुको लागि सुरुमा राष्ट्रिय वैश्य कल्याण महासंघको सहयोगमा एकहप्तासम्म निःशुल्क खानाको शिविर चलाए पछि टढाबाट आउन नसकिनेहरुको लागि घरमै खाना पुर्रयाउन थाले युवा नेता साहले बताए ।
महामारीको बेला विपन्न परिवार भोकले छट्पटाइ रहेको भन्दै तिनै तहका सरकारको उदासीन रहेको आरोप लगाए ।
उनले खासगरी स्थानीय सरकारको जून भुमिका हुनुपर्ने थियो त्यो देखिएन । अहिले टोलटोलमा सरकार छ , कुन टोलमा कति विपन्न परिवार छ दैनिकी ज्यालादारी गरेर परिवार चलाउनेको संख्या कति छ ? उनीहरुको तथ्यांक संकलन गरी त्यस्ता परिवारको लागि तुरन्त खानाको शिविर चलाउनु पथ्र्यो भनेर बताए ।
राहत वितरणमा स्थानीय सरकारले केन्द्र सरकार र प्रदेश सरकारको मुख ताकिरहे बल्ल प्रदेश सरकारले स्थानीय तहमा रकम पठाएपछि मात्रै स्थानीय सरकार राहत बाँडनु पर्ने बताए ।
“स्थानीय सरकारले नागरिकता हेरर मात्रै राहत वितरण गरिरहेका छन के रोग र भोक पनि नागरिक, अनागरिक हेरेर लाग्छ होइन भन्ने रातह वितरणमा नागरिकता आावश्यक किन ?”– उनले प्रश्न गरे ।
“यो संकटको बेला कार्यकर्ता हेर्ने, भोटर हेर्ने,नागरिकता हेर्ने समय त होईन अहिले मानवता हेर्नुपर्छ । उनले मानवता हेर्ने जनप्रतिनिधी नपाए पनि गरिब मजदुरले मानवता हेर्ने मनकारी मान्छेहरु अवश्य पाएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…