जसपाको नेतृत्व र कार्यविभाजन विषयमा छलफल तीब्र
न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण प्रक्रियालाई पूर्णता दिन दुवै पक्षका नेताहरु गृहकार्यमा जुटेका छन् । नवगठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगमा दर्ताका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ भने दलको नेतृत्व र कार्यविभाजनक

२०७७ बैशाख २२ सोमबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण प्रक्रियालाई पूर्णता दिन दुवै पक्षका नेताहरु गृहकार्यमा जुटेका छन् ।
नवगठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगमा दर्ताका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ भने दलको नेतृत्व र कार्यविभाजनको विषयमा पनि छलफल जारी छ ।
कार्यविभाजनको विषयमा तत्कालीन समाजवादी पार्टी र राजपा नेपालका शीर्ष नेताहरुको बीचमा दैनिकजसो छलफल भइरहेको छ । एकीकरण प्रक्रिया अघि बढी रहँदा जसपाको नेतृत्वको मोडल कस्तो हुनेछ भन्ने पनि चासोको विषय रहेको छ ।
राजपा र समाजवादी पार्टीमा बहु–अध्यक्ष प्रणाली रहेको अवस्थामा नयाँ पार्टीमा पनि त्यही प्रणाली लागू हुने धेरैले अनुमान लगाएका छन् । त्यसमाथि दुई पार्टीका गरेर आठ जना अध्यक्षको व्यवस्थापनका लागि पनि नयाँ पार्टी पुनः बहु–अध्यक्ष पदमा जानुपर्ने बाध्यता रहेको धेरैको विश्लेषण छ ।
तर, अध्यक्षमण्डलीय प्रणाली अनुभव गरेर आएका नेताहरु भने नयाँ पार्टीमा बहु–अध्यक्ष पदको व्यवस्था हुन नहुने धारणा राख्छन् । एकभन्दा बढी अध्यक्ष हुँदा वा अध्यक्षमण्डलको व्यवस्था हुँदा पार्टी नै अनिर्णयको बन्दी बन्ने उनीहरुको तर्क रहेको छ ।
विशेष गरेर विगतमा दुई दलबीच एकीकरणको प्रयास भइरहँदा एकताको विरुद्धमा उभिएका नेताहरु बहुअध्यक्ष पदको विरोधमा देखिएका छन् । अहिले ती नेताहरु पनि एकीकरणप्रति सहमत भएका छन् । यो एकीकरणबाट उनीहरु खुशी नै देखिन्छन् । तर, पार्टीलाई चलयमान बनाउन एकल नेतृत्व नहुने उनीहरुको अडान छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…