मिटरब्याजी रामबाबु १ करोड ७५ लाख धरौटीमा छुटे
न्यूज ब्यूरो, सर्लाही । गरिबबाट चर्को ब्याज असुलेको आरोपमा पक्राउ परेका सर्लाहीको बरहथवा–१० सीतापुरका साहुकार रामबाबु राय यादव रिहा भएका छन् । सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएको बताए । सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत पक्राउ परेका उनी

२०७७ बैशाख २२ सोमबार, दिउँसो १२:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । गरिबबाट चर्को ब्याज असुलेको आरोपमा पक्राउ परेका सर्लाहीको बरहथवा–१० सीतापुरका साहुकार रामबाबु राय यादव रिहा भएका छन् ।
सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएको बताए । सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत पक्राउ परेका उनीविरुद्ध गम्भीर अनुसन्धान भइरहेकै अवस्थामा धरौटीबापतको रकम बुझाएपछि उनलाई छाडिएको हो ।
ऋण दिँदा दृष्टिबन्धक मात्र होइन, रजिस्ट्रेसन नै पास गरी सर्वसाधारणको जग्गा हडप्ने धन्दामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले यादवलाई गत २३ पुसमा पक्राउ गरेको थियो । उनीविरुद्ध सर्लाहीका २८ जनाले ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
सोही जाहेरीपछि प्रहरीले यादवविरुद्ध २५ दिनसम्म गहन अनुसन्धान गरेको थियो । अदालतमा एक करोड ७५ लाख रुपैयाँ धरौटी रकम बुझाएपछि उनी आइतबार हिरासतमुक्त भएका हुन् ।
अनुसन्धानका क्रममा यादवले २८ जनाबाट २० करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर उनलाई थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।
अदालतले आदेश दिएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत ५ फागुनमा सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो । यसअघि उनी ठगी मुद्दाअन्तर्गत २३ पुसमा जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका थिए ।
पन्ध्र लाख रुपैयाँ धरौटी रकम तिरेर अदालतबाट निस्कँदै गरेका उनलाई सिआइबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न भन्दै पुनः पक्राउ गरेको थियो । अन्ततः उनी फेरि धरौटीमा रिहा भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…