जनकपुरमा सिमेन्टमा कालोबजारी गर्ने दुईजना फन्दामा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट सिमेन्टमा कालोबजारी गरेको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले टोलीले आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ११ स्थित आनन्द इन्टर प्राइजेज हार्डवेयरमा बजारकोम मूल्य भन्दा बढि रकममा सिमेन्ट बिक्रि गर्द

२०७७ बैशाख २२ सोमबार, दिउँसो १२:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट सिमेन्टमा कालोबजारी गरेको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले टोलीले आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ११ स्थित आनन्द इन्टर प्राइजेज हार्डवेयरमा बजारकोम मूल्य भन्दा बढि रकममा सिमेन्ट बिक्रि गर्दै गरेको अवस्थामा हार्डवेयरका संचालक ४८ वर्षिय रामप्रताप साहलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
हार्डवेयरबाट शिवम सिमेन्ट १६ बोरा र मारुति सिमेन्ट ३३ बोरा दुबै कम्पनीका ४९ बोरा सिमेन्ट समेत नियन्त्रणमा लिएको हो । पक्राउ परेका साहमाथि कालोबजारी मुद्दामा सात दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ४ माछाबजारमा रहेको चन्दन आइरन स्टोरका संचालक सत्यनरायण चौधरीका २० वर्षिय छोरा चन्चल कुमार चौधरीलाई पनि प्रहरीले कालो बजारी गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
बजार मुल्यभन्दा बढि मुल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । स्टोरको गोदामबाट प्रहरीले शिवम सिमेन्ट २२, मारुति सिमेन्टडड र सगरमाथा सिमेन्ट डड बोरा जम्म तीनै कम्पनीका ४२० बोरा सिमेन्ट नियन्त्रणमा लिएर गोदाम र पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त रामेश्वर कार्कीले जानकारी दिए ।
उनीहरुमाथि कालोबजारी मुद्दा शिर्षकमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…