नेकपामा विश्वासको संकट र आगामी बाटो
करिब एक हप्ताअघि कारोना महामारीको बीचमै खड्ग प्रसाद ओली नेतृत्वको सरकारले संबैधानिक परिषद् तथा दल बिभाजन सम्बन्धी दुईवटा अध्यादेस जारी गर्यो । बिजुलीको गतिमा दुबै अध्यादेशलाई महामहिम राष्ट्रपति बिद्या देवी भण्डारीले अनुमोदन गरिन । कुबेलामा ल्याएको लोकतन्त्र र संबिधान बिरोधी अध्यादेसलाई सरकार सम्बन्ध
२०७७ बैशाख २० शनिबार, दिउँसो १:२७ बजे५ मिनेट पढाइ

करिब एक हप्ताअघि कारोना महामारीको बीचमै खड्ग प्रसाद ओली नेतृत्वको सरकारले संबैधानिक परिषद् तथा दल बिभाजन सम्बन्धी दुईवटा अध्यादेस जारी गर्यो ।
बिजुलीको गतिमा दुबै अध्यादेशलाई महामहिम राष्ट्रपति बिद्या देवी भण्डारीले अनुमोदन गरिन । कुबेलामा ल्याएको लोकतन्त्र र संबिधान बिरोधी अध्यादेसलाई सरकार सम्बन्धित दलका नेता, कार्यकर्ता, बिपक्षी दल, नागरिक समाज र आम जनताको ब्यापक विरोधभएपछि ओली सरकार अध्यादेशहरु फिर्ता लिन बाध्य भयो । अध्यादेशको खारेजीमा पनि राष्ट्रपतिको भुमिका अनुमोदनमा जस्तै थियो ।
यही बिचमा नेकपाका ओली निकटका बहालवाला सांसदहरु तथा निवर्तमान प्रहरी महानिरिक्षक सबेन्द खनाल पुर्व सघिय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ काण्डमा सम्लग्न भएको सनसनीपुर्ण घटना बाहिर आयो । यस घटनाको मुख्य रचनाकार ओली स्वयं नै भएको तथ्यले सरकार पुणरुपले प्रतिरक्ष्यात्मक भयो ।
अध्यादेश फिर्ता लिईसकेपछि नेकपाभित्र अध्यादेसलाई लिएर देखिएको बिरोध साम्य होला भन्ने सरकारको अनुमान थियो । यसका बिपरित नेकपा भित्रका पुस्प कमल दाहाल तथा माधव नेपाल समुहको पटक पटकका गोप्य बैठक देखेर ओली सरकार झस्कियो । बैठकका अन्तरबस्तु ओलीको पार्टी र सरकार दुबैमा दखिएको शक्तिको केन्द्रिकरण रोक्दै राज्य सत्ता र पार्टी सत्तामा दाहाल र नेपाल समुहको कसरी हाली मुहाली सुनिश्चिता गर्ने थियो । यसका लागि अध्यादेस फिर्ता तथा अपहरण काण्डबाट श्रृजना भएको बिषम परिस्थितिमा संभव भए सम्म ओलीलाई दुबै सत्ताबाट बेदखल गर्ने नत्र एकबाट । यि समग्र पकृयामा निश्चित निजी उदेश्यका साथ बामदेव गौतम सहयोगी तथा सहजकर्ताको भुमिका देखिएका छन् ।
बामदेव गौतम शक्तिका माहार खेलाडी मानिन्छन । सत्ताका लागि यिनी दल फुटाउन पनि पछि पर्दैनन् भन्ने कुरा ईतिहासले प्रष्ट पारिसकेको छ । एमालेसँग सम्बन्धित समकालिन सबै प्रधानमन्त्री भईसकेका आफु मात्र हुन नसकेकोमा उनमा ठुलो पश्चाताप छ । प्रधानमन्त्री बन्न सकिने ठुलो अभिलासाकासाथ गत संसदिय निर्बाचनमा बर्दिया क्षेत्र नम्वर १ बाट उनी सांसद लडेका थिए । नेपाली कांग्रेसका सजय गौतमसँग पराजयले उनको प्रधानमन्त्री बन्ने चाहानामाथि बज्रपात गर्यो । आफ्नै दलका कार्यकर्ताका अन्तरघातको कारणले चुनाव हारिएको हो भन्ने गौतममा छाप छ । गौतमले कुन समुहका कार्यकर्ता भने खुलाएका छैनन् तर ओलीसँग सम्बन्धित कार्यकर्तातिर ईङ्गित गरेको अनुमान गर्न सकिन्छ ।
तत्पश्चत, गौतम पटक पटक चोरबाटो भए पनि संसदमा प्रबेस गरी प्रधानमन्त्री बन्ने चाहाना राखेको कसैबाट लुकेको छैन । गौतमका लागि काठमाण्डौ क्षेत्र नम्बर सातबाट निर्बाचित सांसद राम वीर मानन्धरले आफ्नो पदबाट राजीनामा दिने प्रयास गरे । राजनीतिक दल तथा समाजबाट ठुलो बिरोध भए पछि मानन्धर आफ्नो अडान फिर्ता लिन बाध्य भए । राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संििवधान संसोधनको प्रस्ताव उनले नेकपाको सचिबालयमा प्रस्तुत गरे । यसलाई पनि अगाडी बढाईएन ।
राष्ट्रिय सभाको सदस्य मात्र हुन्छु भन्दा पनि ओलीले उनको ठाँउमा डा. युवराज खतिवडाको नाम प्रस्ताव गरे । यि तमाम घटनाले ओलीको राज्य सत्ता र पार्टी सत्तामा निरन्तरता रहुन्जेल म केही पनि बन्न सक्दिन भन्ने गौतममा प्रभाव परेको छ । गौतमको दाहाल– नेपाल समुहमा समावेस हुनुको पछाडीको मुल उदेश्य ओलीलाई दुबै सत्ताबाट हटाएर प्रधानमन्त्रीकोलागि ढोका खोल्नु हो ।
ठुलो दबावकाबिचमा आयोजना गरिएको पछिल्लो नेकपाको सचिबालय बैठकमा पुस्प कमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र नारायण काजी श्रेष्ठले ओलीको सरकारबाट राजीनामाको प्रस्ताव माग गरिएको चर्चा छ । आफुले कोरोनाको महामारी पछि राजीनामा गर्ने तर गौतमलाई प्रधानमन्त्रीमा समर्थन गर्ने रणनीति ओलीले अख्तियारी गरेका छन । यो समर्थन गर्नु पछाडी ओलीले गौतमको कमजोरीको सही पहिचान गरेको हुन सक्दछ । यस रणनीतिसँगै ओलीले एक तिरले दुईवटा एकैचोटी सिकार गर्न खोजेको देखिन्छ । एक, गौतमलाई दाहाल– नेपाल कित्ताबाट अलग्याउने । दोस्रो, आफ्नो सत्तालाई निरन्तता दिने ।
संबिधान अनुसार प्रधानमन्त्रीकालागि योग्य हुन संसदको तल्लो सदन (प्रतिनिधिसभा) को सदस्य हुनु पर्दछ । राष्ट्रिय सभाको सदस्य बनेर प्रधानमन्त्री हुन बिद्यमान संविधान संसोधन आबस्यक हुन्छ । गौतम प्रधानमन्त्री हुने दुईवटा मात्र छन । एक, राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्नका लागि योग्य हुने गरी संविधान संसोधन गर्नु । दोस्रो, नेकपाको निर्बाचित कुनै सांसदलाई राजीनामा गर्न लगाई उक्त क्षेत्रबाट चुनावमा विजय हुनु । संविधान संसोधन गर्न दुई तिहाई आबस्यक पर्दछ, जुन अहिले नेकपासँग छैन । नेकपाको झगडा मिलाईदिन जनता समाजबादी पार्टी र कांग्रेसले संविधान संसोधन गर्न सहयोग गर्ने कुनै आधार देखिदैन । यो सँगै, गौतमको पहिलो बिकल्प अन्त्य हुन्छ ।
गौतमका लागि नेकपाको कुनै सांसदले राजीनामा गर्न सक्छन । तर, उनलाई हराउन ओली समुह पहिलो पंक्तिमा अग्रसर हुन्छ । किनभने, उनलाई जिताउदा ओलीको सत्ता निरन्तरतामा धक्का लाग्छ । दोस्रो पंत्तिमा दाहाल – नेपाल हुन्छन । गौतमले सत्ता संघर्षको लडाईमा आफ्नो समुलाई धोकादिई ओली क्याम्पमा प्रबेष गरेकोमा । त्यसैले, अर्को संसदिय निर्बाचन नहुदा सम्म प्रधानमन्त्रीको आस गर्नु गौतमकालागि अभिसाप मात्र हुन्छ ।
नेकपा एमाले र माओबादी केन्द्र कुनै दर्शन, सिद्धान्त, एतिहासिक पृष्ठभुमी र गन्तव्य मिलेर एकता भएको होईन । यो नितान्त ओलीको प्रधानमन्त्री बन्ने चाहाना र दाहालको माओबादी केन्द्र सिद्धिने डरको परिणाम हो । बामपन्थीको एकता जनताले रुचाए भन्ने सत्ता स्वार्थलाई ढाकछोप गर्ने शैद्धान्तिक आवरण मात्र हो । ओली र दाहालको आपसी सापेक्ष विश्वासमा आज सम्म यो पार्टी अडिएको थियो । कार्यकर्ताहरुबिचमा भावनात्मक एकता कहिले भएको थिएन । यसको पटाक्षेप उच्च मात्रमा अहिले सामाजिक संजालमा देखिरहेको छ ।
सचिवालयमा दाहालले हाकाहाक्की ओलीको प्रधानमन्त्रीबाट राजीनामा माग्नु र ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताब गर्नुले नेकपा अनौपचारिकरुपले विभाजन भएको संकेत हो । प्रधानमन्त्री हटाउन र बचाउन दुबै पक्षका सांसदहरुको हस्ताक्षरलाई पार्टी बिभाजनको क्लाइमेक्सकोरुपमा लिन सकिन्छ ।
यस अवस्थामा, नेकपासँग दुईवटा मात्र बिकल्प छन । पहिलो, सम्झौता अनुसार ओलीले राजीनामा गरेर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरणको श्रृजना गर्ने । यस्तो सरल उपाय अपनाउनुको सट्टा माधब नेपाल र बामदेव गौतमले हलो अड्काएर गोरु चुट्नको अर्थ छैन । दोस्रो, विकल्प भनेको पुर्ब एमाले र माओबादी केन्द्रले जनताले दिएको जनादेस अनुसार आ–आफ्नो पार्टी चलाउने । आगे, नेकपाको ईच्छा ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…