पुलचोकका युवाहरुद्धारा आज २३ औं दिन गरिबलाई विशेष भोजन
लकडाउन अवधि भर निमुखाहरुलाई खुवाइने उपाध्यक्ष साहले बताए ।

२०७७ बैशाख १९ शुक्रबार, राति ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानरपालिका वडा नं. १ को पुलचोक युवा कमिटि र पुलचोकका युवाहरुद्धारा आज २३ औं दिन गरिबलाई खाना खुवाइएको छ ।
विगत २२ दिनदेखि निरन्तर लकडाउनका कारण प्रभावित भएका अति गरिब, कमैया, ज्यालादारीमा काम गर्ने विपन्नहरुलाई नियमित रुपमा खाना खुवाउँदै आएको छ ।
आज जानकी नवमी परेको भन्दै युवाहरुलाई विशेष भोजन वितरण गरिएको हो । अन्य दिन साधारण प्रकारले दैनिक भोजन गराउँदै आएका युवाहरुले आज जानकी जन्मोत्सवको अवसर पारेर विशेष रुपमा खाना खुवाएको छ ।
खानामा दाल, भात, तरकारी, पापर, तरुवा, भुजिया, चटनी, अचार सहितको खाना वितरण गरेको पुलचोक युवा कमिटिका उपाध्यक्ष किशन साहले जानकारी दिए ।
सानो पाइला सँस्था, स्थानीय मिथिला विहारी कुटीको विशेष सहयोगमा कमिटिका अध्यक्ष राधे यादवको अगुवाईमा स्थानीय व्यावसायी तथा व्यापारीको सहयोगमा दैनिक रुपमा खाना खुवाउने गरेको हो ।
प्रत्येक दिन औसत ४०० जनालाई खाना खुवाउँदै आएको जनाइएको छ । यसका साथै, प्रादेशिक अस्पताल जनकपुरमा समेत प्याकिँग गरी भुखाहरुलाई खाना खुवाउने गरेको छ ।
लकडाउन अवधि भर निमुखाहरुलाई खुवाइने कमिटिका अध्यक्ष राधे यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…